बिर्तामोड(एजेन्सी) ताइवानलाई आफ्नो अभिन्न भू–भाग दाबी गर्दै आएको चीनले ताइवानको आकाशमा एकैदिन तीन दर्जन भन्दा वढी लडाकु जहाज पठाएको छ । 

हरेक दिनजसो लडाकु जहाज पठाउने चीनले शनिबार दिउँसो र राति गरी ३९ वटा लडाकु जहाज ताइवानको आकाशमा पठाएको समाचार संस्था रोयटर्सले जनाएको छ । 

OM Sai Pathibhara Hospital

चिनियाँ लडाकु जहाज आएपछि आफ्नो मिसाइल प्रणालीबाट तिनको निगरानी गरेको ताइवानले जनाएको छ। ताइवानले चीनले तर्साउनका लागि यस्तो गरिरहेको भन्दै विरोध गर्दै आएको छ।

सन् १९४९ मा चीनमा गृहयुद्धपछि कम्युनिष्ट शासन स्थापना भएदेखि नै चीन र ताइवानबीच विवाद चलिरहेको छ । १९४९ देखि नै बेइजिङले ताइवानलाई चीनमा मिसाउने योजना बनाइरहेको छ। 

राष्ट्रपति सी चिनफिङको पालामा चीन ताइवानप्रति आक्रामक रूपमा प्रस्तुत भइरहेको छ। पछिल्लो पटक चीन र ताइवान दुवैले कम्प्रिहेन्सिभ एन्ड प्रोग्रेसिभ एग्रिमेन्ट फर ट्रान्स–प्यासेफिक पार्टनरसिप (सिपिटिपिपी)को सदस्यताका लागि दिएपछि चीन–ताइवान तनाव झन् बढेको छ।