एजेन्सी / भारतमा कोरोनाभाइरसबाट थप २४ हजारभन्दा बढी संक्रमित भएका छन् ।     

अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २४ हजार ३५४ जना संक्रमित भएका हुन् । पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ संक्रमित थपिएका थिए । शुक्रवारको विवरणमा भन्दा शनिबारको विवरणमा संक्रमितहरूको सङ्ख्या घटेको देखिएको छ ।     

OM Sai Pathibhara Hospital

यसअघि दैनिक संक्रमितहरुको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । संक्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् । अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको छ ।     

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २ लाख ७३ हजार ८८९ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार यो सङ्ख्या १९७ दिनपछिकै सबैभन्दा कम हो ।     

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय संक्रमितहरूको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।दैनिक संक्रमितहरूको सङ्ख्याभन्दा दैनिक संक्रममणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितको सङ्ख्या कम हुँदै गएको हो ।     

पछिल्लो २४ घण्टामा २४ हजार सङ्क्रमित हुँदा २५ हजार ४५५ जना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ । भारतमा अहिलेसम्म कुल संक्रमणमुक्त भएकाहरुको सङ्ख्या ३ करोड ३० लाख ६८ हजार ५९९ रहेको अधिकारीहरूले बताएका छन् ।     

भारतको चिकित्सा अनुसन्धान परिषद्ले शुक्रवार एक दिनमा १ करोड ४२ लाख ९२ हजार ५४८ जना कोरोना परीक्षण गरिएको बताएको छ । योसँगै भारतमा अहिलेसम्म ५७ करोड १९ लाख ९६ हजार ९९० जनाको परीक्षण गरिएको छ ।