बिर्तामोड(एजेन्सी) इक्वेडरको जेलमा कैदी बन्दी र प्रतिद्वन्दी गिरोहबीच आपसमा झडप हुँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको छ।
इक्वेडरको इतिहासमै यो झडपलाई सबैभन्दा घातक द्वन्द्वका रुपमा हेरिएको छ। झडपमा पाँच जना कैदीहरूको टाउको काटिएको छ भने अन्यलाई गोली हानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरी कमान्डरका अनुसार कैदीहरूले पनि जेल भित्रबाट ग्रेनेड फ्याँकेको थिए। विश्वव्यापी लागू औषध गिरोहसँग सम्बन्धित कैदीहरु रहेको यस जेलमा दुई पक्ष बीच झडप भएपछि त्यहाँ रहेका ४ सय प्रहरीलाई नियन्त्रणमा लिन कठिन भएको थियो।
लागू औषध तस्करी सम्बन्धी शक्तिशाली म्याक्सिकन गिरोह इक्वेडरबाट सञ्चालित रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। गत फेब्रुअरीमा पनि जेलभित्रै झडप हुँदा ७९ जना कैदीको मृत्यु भएको थियो।