बिर्तामोड(एजेन्सी) भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिका आफन्तलाई ५० हजार रुपैयाँ उपलब्ध गराउन त्यहाँको सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

कोरोनाका कारण मृत्यु भएका व्यक्तिका आफन्तलाई अदालतले ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउन आदेश दिएको हो ।

OM Sai Pathibhara Hospital

भारतको विपद् व्यवस्थापन कानुनअनुसार कोभिड –१९ बाट ज्यान गुमाउनेहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय सरकारले यसअघि नै गरिसकेको थियो ।

स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा चार लाख ४९ हजार जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

पीडितले आवेदन दिएको एक महिनाभित्र क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिइएको बीबीसीले जनाएको छ । उक्त रकम केन्द्र र प्रदेश सरकारले उपलब्ध गराउनुपर्नेछ ।