विदेश

    Showing 1,681-1,690 of 1,840 items.
  • इजरायलमा बुधबार राष्ट्रपतिको चुनाव

    इजरायल / इजरायलको संसदले बुधबार इजरायलमा नयाँ राष्ट्रपतिको चयन गर्दैछ । राष्ट्रपतिको निर्वाचन इजरायली संसद नेसेटमा हुनेछ । इजरायलको संसदमा १२० जना सांसदहरु रहेका र उनीहरुले नै राष्ट्रपतिको चयन गर्नेछन् ।चुनावमा दुई जना प्रतिस्पर्धी रहेका छन् । राष्ट्रपति पदमा उम्मेदवारमध्ये एक जना वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग र अर्का शिक्षाविद् मिरियम पेरेज रहेका छन् । साठी वर्षीय हर्जोग यसअघि इजरायलको लाबोर पार्टीका पूर्व प्रमुख थिए । साथै उनि संसदमा विपक्षी दलको नेता पनि  रहेका थिए । सन् २०१३ को संसदीय निर्वाचनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विपक्षमा चुनावमा उठेका

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 127 पटक पढिएको
  • भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जना पक्राउ

    भारत / भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिएका छन् । होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोनाभाइरसबाट सङ्क्रमित एक विरामीको मृत्यु भएपछि मंगलबार डा. सेउज कुमार सेनापतिमाथि आक्रमण भएको थियो ।चिकित्सकीय सेवा दिइरहेका चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै सर्वत्र विरोध भएको छ । स्थानीय प्रहरी अधिकारीहरुले घटनालाई गम्भीरतापूर्वक लिइएको र दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति नदिइने दावी गरेका छन् ।  “घटनामा संलग्न र दोषी ठानिएका २४ जन

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 130 पटक पढिएको
  • बेलारुसद्वारा नागरिकहरूलाई देश छोड्न रोक

    मिन्स्क(एजेन्सी) बेलारुसको सीमा सुरक्षा निकायले कोभिड –१९ फैलिने क्रमलाई नियनत्रणका लागि भन्दै नागरिकहरू देश बाहिर जान सक्ने क्षमतालाई सीमित बनाउने कडा नियमहरु घोषणा गरेको छ ।सीमा सुरक्षा बलका अनुसार परिवर्तन केही समयको लागि कार्यान्वयनमा ल्याइएको थियो र कोरोनाभाइरस को फैलावट रोक्न यो नियम ल्याइएको हो । सरकारले अनिवार्य रूपमा सबै भूमि सीमा पार गर्न रोक्न निर्देशन गरेको छ । गत अगस्टमा अलेक्ज्याण्डर लुकाशेन्को राष्ट्रपति पदमा विजेता घोषित भएदेखि निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी दलहरूले आह्वान गरेको विरोध प्रदर्शनमा नागरिकको व्यापक सहभागिता भएको थियो । सरकारले विरोधमा उत्रिएक

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 138 पटक पढिएको
  • भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

    भारत  / कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ५१० जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८१ लाख ७५ हजार ४४ व्यक्ति कोरोना संक्रमित भएका छन् । भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५१ दिन यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ  । भारतमा दैनिक मृत्यु दरमा हिजो केही कमी आएको छ  । मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा २ हजार ७९५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । य

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 129 पटक पढिएको
  • चिनियाँ सरकारद्धारा तीन बच्चा जन्माउने दम्पतीलाई प्रोत्साहन

    एजेन्सी  / चीन सरकारले दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने भएको छ । अब चीनमा दुई सन्तानको नीति समाप्त भएको छ र जोडीलाई तेस्रो सन्तान जन्माउने अनुमति हुनेछ ।चीनको सरकारी एजेन्सी शिन्ह्वाका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो छलफलमा राष्ट्रपति सी जिनपिङले सोमबार यो नीतिलाई स्वीकृति दिएका हुन् ।चिनियाँ सरकारले तीन सन्तान जन्माउने दम्पत्तीलाई प्रोत्साहन गर्ने नीति पनि लागू गर्ने बताएको छ । तेस्रो सन्तान जन्माउन प्रोत्साहनस्वरूप अवकाश पाइने समय सार्ने, बालबच्चाको हेरविचार गर्ने सुविधामा सुधार गर्ने, सुत्केरी बिदा बढाउने, चाइल्ड बर्थ इन्स्योरेन्स गर्नुका साथै युवाहरूलाई

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 170 पटक पढिएको
  • भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

    बिर्तामोड / कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख  ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन् । भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५० यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ  । तर भारतमा दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार १२८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो स

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 142 पटक पढिएको
  • हेलिकोप्टर दुर्घटनामा परी कोलम्बियामा पाँच प्रहरीको मृत्यु

    बोगोटा(एजेन्सी) कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो ।आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको ज्यान गएको पनि कोलम्बियाका राष्ट्रपति इभान डुकले जानकारी दिएका छन् ।  उनले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी दिए । उक्त विज्ञप्तिमा उनले कोलम्बियाको प्रहरी सेवामा रहेका पाँच जना अधिकृतिको ज्यान गुमाउनु परेकोमा निकै दुःख लागेको बताएका छन् ।ग्रामीण क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा पर

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 133 पटक पढिएको
  • कारबाहीमा परी नौ जना तालिबानी लडाकूको मृत्यु

    काबुल(एजेन्सी) युद्धग्रस्त मुलुक अफगानिस्तानको लघमन प्रान्तको अलिसिङ जिल्लामा अफगानी सेनाले आइतबार गरेको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकू मारिएका छन् । प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा तालिबानी लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ । विज्ञप्तिमा आइतबार बिहान अलिसिङ जिल्लाको नाजिल गाउँमा सेनाले गरेको कारबाहीमा तालिबानी लडाकू मारिएका तर सर्वसाधारण र सुरक्षाफौज तर्फ कुनै क्षति नभएको जनाइएको छ । राजधानी काबुलबाट करिब ९० किलोमिटर पूर्वतर्फ रहेको लघमन प्रान्तको मेहतारलाम शहरलाई केन्द्रित गरी गत महिनादेखि सरकारी र तालिबानी फौजबीच भिडन्त हुन

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 154 पटक पढिएको
  • अमेरिकाको टेनिसीमा बिमान दुर्घटना : सात जनाको मृत्यु

    बिर्तामोड(सिन्ह्वा) एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्लेख छ । उद्धारकर्मीका अनुसार बिमानमा सवार सबै सात जनाको ज्यान गएको छ । संघीय हवाई उड्डयन प्रशासनले बिमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ । 

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 155 पटक पढिएको
  • भारतमा सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ९०.३४ प्रतिशतले वृद्धि

    बिर्तामोड(पीटीआई) भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सवैभन्दा थोरै देखिएको छ । दैनिक सङ्क्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको पनि अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय एक दिनमा एक लाख ८६ हजार ३६४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।  यसअघि दैनिक तीन लाख १८ हजार ८९५ जना सङ्क्रमित भएका थिए भने एकैदिनमा तीन हजार ६६० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७५ लाख ५५ हजार ४५७ पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।  कुल सङ्क्रमितमध्ये दुई करोड ४८ लाख ९३

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 138 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.