काठमाडौं   / २९ वटा डमरुलाई जन्म दिएको  बघिनीको मृत्यु भएको छ ।  ‘कलरवाली’ र  ‘सुपर मम’ नामबाट चर्चित बघिनीको भारतको मध्यप्रदेशस्थित पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको हो ।

१७ वर्षको यो बघिनी तीन – चार दिनदेखि बिरामी रहेको र गत शनिबार पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको मध्यप्रदेशस्थित वन विभागले जनाएको छ । निकुञ्जका अधिकारीहरूको उपस्थितिमा उसको अन्तिम संस्कार गरिएको थियो ।

OM Sai Pathibhara Hospital


वनमन्त्री डा कुँवर विजय शाहले कलरवालीको मृत्युबाट अपूरणीय क्षति पुगेको बताएका छन् ।