एजेन्सी / अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा विगतका वर्षको युद्धबाट बाँकी रहेको विस्फोटक पदार्थ आइतबार विस्फोट हुँदा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् ।

स्थानीयवासीका अनुसार प्रान्तीय राजधानी पुल – ए –खुम्री सहरको बाहिरी भागमा रहेको टिपा नवरोज क्षेत्रमा आइतबार मध्याह्नमा भएको विस्फोटमा परी दुई सर्वसाधारणको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

विस्फोटक उपकरणले सर्वसाधारणको ज्यान गत हप्तामा पनि गएको थियो । गत सोमबार पूर्वी नान्गाहर प्रान्तको लालपुर जिल्लाको एक विद्यालयबाहिर विस्फोटक पदार्थ विस्फोट हुँदा छ बालबालिका र एक बिक्रेताको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका थिए ।