एजेन्सी / अष्ट्रेलियाको सिड्नीमा नेपाली युवती मृत अवस्थामा फेला परेकी छन्। अष्ट्रेलियामा हाल एमपीएल अध्ययनरत २२ वर्षीय सुस्मिता कपाली मृत अवस्थामा भेटिएकी हुन्।

काठमाडौंको कीर्तिपुर घर भएकी सुस्मिता अध्ययनका लागि २ वर्षअघि अष्ट्रेलिया गएकी थिइन् । मृतकको शव नेपाल पठाउन न्युसाउथ वेल्समा गैर आवासीय नेपाली संघले गो-फण्डमि मार्फत सहयोग संकलन सुरू गरेको छ ।

OM Sai Pathibhara Hospital

अभियानबाट १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म १३ हजार ६ सय ५९ डलर संकलन भइसकेको छ।

परिवारको अनुमतिमा सहयोग संकलन सुरु गरिएको संघका युवा संयोजक बिक्रम दाहालले जानकारी दिएका हुन् ।