एजेन्सी / भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुनाले बढेको छ । तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता सङ्क्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइँदैन ।

कोभिड बढिरहेका बेला लाखौँ हिन्दु भक्तजनहरूले गङ्गा नदीमा सामूहिक स्नान गरेका छन् । मकर संक्रान्तिको अवसरमा लाखौँले सामूहिक स्नान गरेका हुन् । हिन्दु धर्मअनुसार संक्रान्तिमा पवित्र गङ्गामा स्नान गर्नाले सम्पूर्ण पाप नष्ट हुनुका साथै मृत्युपछि पुण्य प्राप्त हुन्छ ।

OM Sai Pathibhara Hospital

शनिबार पश्चिम बङ्गालस्थित गङ्गामा भक्तजनको भीड नै लागेको थियो । उनीहरूले सङ्क्रमणको कुनै ख्याल नै गरेका थिएनन् । भारतमा महाराष्ट्र पछि पश्चिम बङ्गालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् । कोभिड बढेपछि भारतका विभिन्न शहरमा रात्रिकालीन कर्फ्यु लगाइएका छन् ।

भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण देखिएको छ ।