काठमाडौँ / भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण देखिएको छ ।

यो सँगै भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुनाले बढेको छ । तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता सङ्क्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइदैन् । 

OM Sai Pathibhara Hospital

कोभिड बढिरहेका बेला लाखौं हिन्दु भक्तजनहरू गङ्गा नदीमा सामूहिक स्नान गरेका छन् । मकर संक्रान्तिको अवसरमा लाखौँले सामूहिक स्नान गरेका हुन् । 
उनीहरूले सङ्क्रमणको कुनै ख्याल नै गरेका थिएनन् ।

भारतमा महाराष्ट्र पछि पश्चिम बङ्गालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् । कोभिड बढेपछि भारतका विभिन्न शहरहरूमा रात्रिकालीन कफ्र्यू लगाइएका छन् ।