एजेन्सी / प्रशान्त टापु राष्ट्र टोंगामा सुनामी आएपछि ठूलो क्षति भएको अनुमान गरिएपनि पूर्ण विवरण आउन सकेको छैन ।

राजधानी नुकुआलोफाबाट करिब ६५ किलोमिटर उत्तरमा आइतबार हुङ्गा टोंगा हुंगा हापाई ज्वालामुखी विस्फोट भएको थियो ।

OM Sai Pathibhara Hospital


सो विस्फोट अमेरिका सम्म टाढा सुनिएको थियो । विस्फोटपछि एक मिटर भन्दा माथिसम्म छाल आएको थियो । सो सुनामीका कारण तटीय क्षेत्रको जनजिवन प्रभावित भएको समाचार छ ।

अहिलेसम्म कतिजना घाइते वा मृत्यु भएको छ पुष्टि हुन नसकेपनि बेलायती महिला एन्जेला ग्लोभर बेपत्ता भएको उनका साथीहरू र परिवारले बताएका छन् । उनले टोंगाको राजधानी नुकुआलोफामा ट्याटु पार्लर सञ्चालन गर्दै आएकी थिइन ।