विदेश

    Showing 1,551-1,560 of 2,133 items.
  • युक्रेनमा सैनिक पठाउने मुलुकमाथि रुसले आक्रमण गर्ने

    एजेन्सी / राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले आत्मसमर्पण अस्वीकार गरेसँगै रुसले युक्रेनमा कुनैपनि विदेशी फौज प्रवेश गरेमा उक्त देशमाथि आक्रमण गर्ने रुसले धम्की दिएको छ । पछिल्लो समय रुसले युक्रेनमाथि खतरनाक हतियार प्रयोग गर्न थालेको छ । उसले हाइपरसोनिक मिसाइलको दुई पटक प्रयोग गरिसकेको छ ।परमाणु बम बोक्न सक्ने उक्त मिसाइलको प्रयोग सफल भएको रुसको दाबी छ । रुसले युक्रेनको सैन्य अखडाहरू, हतियार निर्माण गर्ने प्लान्ट, विमान निर्माणको प्लान्ट ध्वस्त पारिदिएको छ । रुसले युक्रेनमा कुनैपनि विदेशी फौज प्रवेश गरेमा उक्त देशमाथि समेत आक्रमणको धम्की दिएको छ । नेटो सैनिक युरोपमा फैलन थालेका छन् । खत

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 163 पटक पढिएको
  • युक्रेन सङ्कटबारे छलफल गर्न बाइडेन पोल्याण्ड जाने

    एजेन्सी / अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरू बारे छलफल गर्न युरोप भ्रमणका क्रममा पोल्याण्ड जाने भएका छन् । राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठक पछि पोल्यान्डको यात्रा गर्ने ह्वाइटहाउसले जनाएको छ।भ्रमण नेटो सहयोगी मुलुक , जि ७ नेताहरू र युरोपेली संघका नेताहरूसँग युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरू बारे छलफल गर्न र रुसमाथि थप दबाब सृजना गर्न विशेष केन्द्रित हुने ह्वाइट हाउसका प्रवक्ता जेन साकीले विज्ञप्तिमार्फत जनाएका छन् ।मार्च २५ मा राष्ट्रपति बाइडेन पोल्यान्डको वारसा पुग्ने र त्यहाँ उहाँले राष्ट्रपति एन्ड्रेज डुडासँ

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 151 पटक पढिएको
  • रुसले फेरि युक्रेनमाथि गर्यो मिसाइल प्रहार

    एजेन्सी / रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको छ। युक्रेनको दक्षिणी भागमा  रहेको इन्धन भण्डारण स्थललाई रुसले ध्वस्त पारेको बताएको छ।‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरूसहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्तीनजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूका लागि ठूलो भण्डारण स्थल नष्ट गर्‍यो,’ रूसी रक्षा मन्त्रालयले  उल्लेख गरेको छ।

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 171 पटक पढिएको
  • बेलायतका प्रधानमन्त्रीले जेलेन्स्किलाइ गरे शरण दिने प्रस्ताव

    एजेन्सी / बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका छन्।जोनसनले जेलेन्स्कीसँग नियमित कुराकानी हुने, उनी एक 'निक्कै आकर्षक व्यक्तित्व भएको र प्रेरणाको स्रोत पनि सावित भएको 'सन्डे टाइम्सुलाई बताए।बेलायती प्रधानमन्त्रीका अनुसार जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो । भोलोडिमिर सधैँ स्पष्ट रहेका, उनको कर्तव्य युक्रेनी जनताप्रति भएको र उनी त्यहीँ बसी जनताको हेरचाह गर्ने उनले बताए । आफूले उनको प्रशंसा गर्ने जोनसनले बताए ।रुसका अनुसार

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 234 पटक पढिएको
  • जापानले भारतमा ५० खर्ब लगानी गर्ने

    एजेन्सी / आगामी पाँच वर्षभित्र जापानले  भारतमा ५० खर्ब येन अर्थात् ४२ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले भारत भ्रमणका क्रममा उक्त लगानीको घोषणा गरेका हुन् ।शनिवार नयाँ दिल्लीमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटघाटको क्रममा सो लगानी घोषणा भएको हो । यो किशिदाले पदभार सम्हालेयताको पहिलो भारत भ्रमण हो ।भ्रमणका क्रममा शनिवार किशिदा र मोदी बीच युक्रेनको संकट, हिन्द प्रशान्त क्षेत्रमा सुरक्षा सुदृढ बनाउनेदेखि दुई देश बीचको आर्थिक सम्बन्ध सुधार्ने र चीन र भारतको सीमा अवस्थालगायत विविध विषयमा छलफल भएको थियो ।जापानले लामो समयदेखि भारतका विविध क्षेत्रमा लगा

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 181 पटक पढिएको
  • उत्तर कोरियाले प्रहार गर्‍यो ४ रकेट

    एजेन्सी / उत्तर कोरियाले आइतबार आफ्ना रकेट लोन्चरहरूबाट चारवटा रकेट प्रहार गरेको दक्षिण कोरियाका सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै योन्हाप समाचार संस्थाले जनाएको छ । ती रकेटहरू पीत सागर (येल्लो सी) मा खसेका छन् ।उक्त घटनापछि दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको थियो । रकेटहरू बिहान ७ः२० देखि एक घन्टासम्म दक्षिण प्यानगान प्रान्तबाट प्रहार गरिएका थिए ।‘उत्तर कोरियाको मल्पिटल रकेट लोन्चरबाट यी प्रहार गरिएका हुन्,’ दक्षिण कोरियाली सेनाका एक अधिकारीले बताए । ‘हामी प्रतिरक्षाको तयारी अवस्थामा छौं र घटनाक्रमहरूलाई नजिकैबाट नियालिरहेका छौं ।’

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 196 पटक पढिएको
  • युक्रेनी सैन्य अखडामा रुसको आक्रमण : १ सय जनाको मृत्यु

    एजेन्सी / दक्षिणी युक्रेनमा सेनाको ब्यारेकमा भएको हमलामा १०० जनाको हताहत भएको अनुमान गरिएको छ । युक्रेनको दक्षिणी माइकोलिभ शहरस्थित ब्यारेकमा भएको रुसी हमलामा १०० को हताहत भएको हुनसक्ने साक्षी र अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । समाचारमा जनाइएअनुसार सो क्षेत्रमा ६ ओटा रकेटहरू प्रहार भएका थिए  ।‘एउटा विशाल बिस्फोट’, एक स्थानीय निकोलाईले एएफपीलाई भने । बिस्फोटले सो क्षेत्रका धेरै भवनहरु क्षतिग्रस्त बनेका छन् । ‘ब्यारेकमा कमसेकम २०० सैनिक थिए’, २२ वर्षीय म्याक्सिमले भने । ब्यारेक नजिकै रहेका म्याक्सिन विनाशको मात्रा देखेर त्रसित छन् ।‘कम्तीमा ५० शवहरू निकालिएका छन् । तर, भग्नावशे

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 166 पटक पढिएको
  • युक्रेन द्वन्दमा तटस्थ बस्दै अमेरिका

    एजेन्सी / संयुक्त राज्य अमेरिकाले युक्रेन द्वन्द्वमा प्रत्यक्ष संलग्न नहुने र 'उडान नगर्ने क्षेत्र' घोषणा नगर्ने जनाएको छ । पेन्टागनका प्रमुख लोयड अस्टिनले सिएनएन प्रसारकलाई भनेका छन्,'ुठीक छ राष्ट्रपति जो बाइडेन यस तथ्यका बारेमा स्पष्ट हुनुहुन्छ कि हामीसँग रुस र युक्रेनसँग लडाइँमा संलग्न सेना हुनेछैनन् ।''हामीले आकाशलाई नियन्त्रण गर्नुपर्दछ र यसको मतलब यो हो कि हामीले रूसी विमान संलग्न गर्नुपर्नेछ। हामीले युक्रेन, बेलारुस र रुसमा पनि रूसी विमान र विमान प्रणालीहरू बाहिर निकाल्नुपर्छ । यसको मतलब हामी रुससँग लडाइँमा छौँ र यी दुई आणविक शक्तिसम्पन्न देश हुन्, जुन कसैले हेर्न चाहँदैनन् ।

    • प्रकाशित मितिः चैत ५, २०७८
    • 161 पटक पढिएको
  • जापानमा ७ रेक्टरको भूकम्प : चारको मृत्यु, ९० घाइते

    एजेन्सी / उत्तर पूर्वी जापानमा बुधबार राति गएको शक्तिशाली भूकम्पमा परेर चार जनाको ज्यान गएको छ भने ९० भन्दा बढी घाइते भएका छन् ।११ वर्षअघि फुकुसिमा आणविक भट्टीमा क्षति पुग्ने गरी भूकम्प गएकै क्षेत्रमा बुधबार राति ७.३ म्याग्निच्युटको भूकम्प गएको थियो ।भूकम्पको धक्काले राजधानी टोकियोका भवनसमेत हल्लिएका थिए । टोकियोमा ७ लाख घरमा र अन्यत्र १ लाख ५६ हजार घरमा विद्युत् अवरुद्ध भएको थियो । जसमध्येका अधिकांश घरमा अहिले विद्युत् सेवा पुनः सुरु भइसकेको छ ।

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 156 पटक पढिएको
  • जापानमा भूकम्प जादा दुईको मृत्यु, ९२ जना घाइते

    काठमाडौं / उत्तरपूर्वी जापानमा बुधबार राति गएको भूकम्पामा परी २ जनाको मृत्यु भएको छ । भने अरु ९२ जना घाइते भएका छन् । बुधबार राति ११ः३६ बजे गएको सो भूकम्प ७.३ रेक्टर स्केलको रहेको बताइएको छ ।बुधबारको सो भूकम्पबाट भएको अरू क्षतिको विवरण संकलन भइरहेको बताइएको छ ।फुकुसिमा र मियागी प्रान्तमा भूकम्पले बढी हल्लाएको बताइएको छ । भूकम्पलगत्तै सुनामीको चेतावनी दिइएको थियो । तर पछि सुनामीले असर भने नगरेको उद्धारमा खटेका अधिकारीहरूले जनाएका छन् ।

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 154 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.