एजेन्सी / उत्तर पूर्वी जापानमा बुधबार राति गएको शक्तिशाली भूकम्पमा परेर चार जनाको ज्यान गएको छ भने ९० भन्दा बढी घाइते भएका छन् ।

११ वर्षअघि फुकुसिमा आणविक भट्टीमा क्षति पुग्ने गरी भूकम्प गएकै क्षेत्रमा बुधबार राति ७.३ म्याग्निच्युटको भूकम्प गएको थियो ।

OM Sai Pathibhara Hospital

भूकम्पको धक्काले राजधानी टोकियोका भवनसमेत हल्लिएका थिए । टोकियोमा ७ लाख घरमा र अन्यत्र १ लाख ५६ हजार घरमा विद्युत् अवरुद्ध भएको थियो । जसमध्येका अधिकांश घरमा अहिले विद्युत् सेवा पुनः सुरु भइसकेको छ ।