काठमाडौं / उत्तरपूर्वी जापानमा बुधबार राति गएको भूकम्पामा परी २ जनाको मृत्यु भएको छ । भने अरु ९२ जना घाइते भएका छन् । बुधबार राति ११ः३६ बजे गएको सो भूकम्प ७.३ रेक्टर स्केलको रहेको बताइएको छ ।

बुधबारको सो भूकम्पबाट भएको अरू क्षतिको विवरण संकलन भइरहेको बताइएको छ ।
फुकुसिमा र मियागी प्रान्तमा भूकम्पले बढी हल्लाएको बताइएको छ । भूकम्पलगत्तै सुनामीको चेतावनी दिइएको थियो । तर पछि सुनामीले असर भने नगरेको उद्धारमा खटेका अधिकारीहरूले जनाएका छन् ।