एजेन्सी / अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरू बारे छलफल गर्न युरोप भ्रमणका क्रममा पोल्याण्ड जाने भएका छन् ।

 राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठक पछि पोल्यान्डको यात्रा गर्ने ह्वाइटहाउसले जनाएको छ।

OM Sai Pathibhara Hospital

भ्रमण नेटो सहयोगी मुलुक , जि ७ नेताहरू र युरोपेली संघका नेताहरूसँग युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरू बारे छलफल गर्न र रुसमाथि थप दबाब सृजना गर्न विशेष केन्द्रित हुने ह्वाइट हाउसका प्रवक्ता जेन साकीले विज्ञप्तिमार्फत जनाएका छन् ।

मार्च २५ मा राष्ट्रपति बाइडेन पोल्यान्डको वारसा पुग्ने र त्यहाँ उहाँले राष्ट्रपति एन्ड्रेज डुडासँग युक्रेन मामिलाका विषयमा द्विपक्षीय बैठक गर्ने तयारी रहेको छ । मार्च २३ मा बाइडेन बेल्जियमको ब्रसेल्स पुग्ने छन् ।

मार्च २४ मा बाइडनले युक्रेनमा रूसको आक्रमणको प्रतिक्रियामा चलिरहेको प्रतिरोध र रक्षा प्रयासबारे छलफल गर्न एक असाधारण नेटो शिखर सम्मेलनमा भाग लिने गरी कार्यक्रम तयार भएको ह्वाइट हाउसले जनाएको छ ।