एजेन्सी / बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका छन्।

जोनसनले जेलेन्स्कीसँग नियमित कुराकानी हुने, उनी एक 'निक्कै आकर्षक व्यक्तित्व भएको र प्रेरणाको स्रोत पनि सावित भएको 'सन्डे टाइम्सुलाई बताए।

OM Sai Pathibhara Hospital

बेलायती प्रधानमन्त्रीका अनुसार जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो । भोलोडिमिर सधैँ स्पष्ट रहेका, उनको कर्तव्य युक्रेनी जनताप्रति भएको र उनी त्यहीँ बसी जनताको हेरचाह गर्ने उनले बताए । आफूले उनको प्रशंसा गर्ने जोनसनले बताए ।

रुसका अनुसार डोनेट्स्कलुहान्स्क जनवादी गणतन्त्र (डीपीआरएलपीआर) ले युक्रेन विरुद्ध आफूलाई बचाउन मद्दत मागेपछि गत फेब्रुअरी २४ मा रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको हो ।

रुसको आक्रमणको उद्देश्य युक्रेनलाई असैनिकीकरण र 'डिनाजिफाइ' गर्नु भएको र केवल सैन्य पूर्वाधारलाई लक्षित गरिएको रुस बताउँदै आएको छ। सर्वसाधारण नागरिक खतरामा नभएको र युक्रेन कब्जा गर्ने कुनै योजना नभएको मस्कोले बारम्बार उल्लेख गर्दै आएको छ। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार रुसको डोनबासका जनता जोगाउने लक्ष्य छ जो आठ वर्षदेखि किभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको शिकार भएका छन्।