एजेन्सी / राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले आत्मसमर्पण अस्वीकार गरेसँगै रुसले युक्रेनमा कुनैपनि विदेशी फौज प्रवेश गरेमा उक्त देशमाथि आक्रमण गर्ने रुसले धम्की दिएको छ । पछिल्लो समय रुसले युक्रेनमाथि खतरनाक हतियार प्रयोग गर्न थालेको छ । उसले हाइपरसोनिक मिसाइलको दुई पटक प्रयोग गरिसकेको छ ।

परमाणु बम बोक्न सक्ने उक्त मिसाइलको प्रयोग सफल भएको रुसको दाबी छ । रुसले युक्रेनको सैन्य अखडाहरू, हतियार निर्माण गर्ने प्लान्ट, विमान निर्माणको प्लान्ट ध्वस्त पारिदिएको छ । रुसले युक्रेनमा कुनैपनि विदेशी फौज प्रवेश गरेमा उक्त देशमाथि समेत आक्रमणको धम्की दिएको छ । नेटो सैनिक युरोपमा फैलन थालेका छन् । खतरनाक हतियारहरू युरोपका विभिन्न देशमा जडान गर्न थालिएको छ ।