एजेन्सी / उत्तर कोरियाले आइतबार आफ्ना रकेट लोन्चरहरूबाट चारवटा रकेट प्रहार गरेको दक्षिण कोरियाका सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै योन्हाप समाचार संस्थाले जनाएको छ । ती रकेटहरू पीत सागर (येल्लो सी) मा खसेका छन् ।

उक्त घटनापछि दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको थियो । रकेटहरू बिहान ७ः२० देखि एक घन्टासम्म दक्षिण प्यानगान प्रान्तबाट प्रहार गरिएका थिए ।

OM Sai Pathibhara Hospital

‘उत्तर कोरियाको मल्पिटल रकेट लोन्चरबाट यी प्रहार गरिएका हुन्,’ दक्षिण कोरियाली सेनाका एक अधिकारीले बताए । ‘हामी प्रतिरक्षाको तयारी अवस्थामा छौं र घटनाक्रमहरूलाई नजिकैबाट नियालिरहेका छौं ।’