एजेन्सी / आगामी पाँच वर्षभित्र जापानले  भारतमा ५० खर्ब येन अर्थात् ४२ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले भारत भ्रमणका क्रममा उक्त लगानीको घोषणा गरेका हुन् ।

शनिवार नयाँ दिल्लीमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटघाटको क्रममा सो लगानी घोषणा भएको हो । यो किशिदाले पदभार सम्हालेयताको पहिलो भारत भ्रमण हो ।

OM Sai Pathibhara Hospital

भ्रमणका क्रममा शनिवार किशिदा र मोदी बीच युक्रेनको संकट, हिन्द प्रशान्त क्षेत्रमा सुरक्षा सुदृढ बनाउनेदेखि दुई देश बीचको आर्थिक सम्बन्ध सुधार्ने र चीन र भारतको सीमा अवस्थालगायत विविध विषयमा छलफल भएको थियो ।

जापानले लामो समयदेखि भारतका विविध क्षेत्रमा लगानी गर्दै आएको छ । सन् २०१४ मा तत्कालीन जापानी प्रधानमन्त्री शिञ्जो आबेले पनि भारत भ्रमणको क्रममा पाँच वर्षको अवधिमा ३५ खर्ब येन बराबरको लगानी गर्ने घोषणा गरेका थिए  ।