विदेश

    Showing 1,511-1,520 of 2,133 items.
  • अत्याधिक गर्मीका कारण भारतमा बिहानमात्रै विद्यालय खुल्ने

    एजेन्सी  / भारतको बिहारमा अत्याधिक गर्मी हुँदै गएको छ । तापक्रममा अत्याधिक वृद्धि हुँदा त्यहाँको दैनिक जनजीवनसमेत कष्टकर हुँदै गएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।बिहारको केही जिल्लामा विद्यालय सञ्चालन गर्ने समय समेत बदलिएको छ । अब हरेक बिहानमात्रै विद्यालय सञ्चालन हुने बताइएको छ । 

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 167 पटक पढिएको
  • घट्यो भारतमा बिजुलीको मूल्य : प्रति युनिट १८ रुपियाँ

    एजेन्सी / भारतको विद्युत नियमन आयोगले विद्युत्को अधिकतम मूल्य प्रति युनिट १८ रुपियाँ घटाएको छ । आयोगले सोमबारदेखि लागू हुने गरी भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको हो । यस अघि ३८ रुपियाँ तोकेको विद्युत मूल्य २० रुपियाँ तोकेको हो । रुस–युक्रेन युद्धका कारण भारतका कोइलामा माग चर्किएपछि विद्युत उत्पादन घटेको भन्दै गत सातादेखि भारतको विद्युत नियमन आयोगले विद्युतको मूल्य अधिकतम ३८ रुपियाँ तोकेको थियो ।आयोगले ‘डे अहेड’मार्केटमा  प्रति युनिट अधिकतम भारु १२ रुपियाँसम्म मात्रै बिजुली किनबेच हुने भएको हो । भारतीय बिजुलीको मूल्यमा कमी आएसँगै नेपाललाई करोडौं रुपि

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 205 पटक पढिएको
  • श्रीलंकामा ३६ घण्टासम्म कर्फ्यु घोषणा

    एजेन्सी /  श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू जारी भएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो ।राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिवार साँझ ६ बजेदेखि सोमवार बिहान ६ बजेसम्मका लागि देशव्यापी कर्फ्यू लगाइएको सरकारको सूचना विभागले एक विज्ञप्तिमा भनेको छ ।श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बढ्दो अशान्तिलाई सम्बोधन गर्न कडा कानुन लगाउनु पर्ने बताउँदै आएका छन् । सरकारले शुक्रवारदेखि नै आपतकाल घोषणा गरिसकेको छ ।

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 195 पटक पढिएको
  • श्रीलंकाले लगायो सामाजिक संजालमा रोक

    एजेन्सी  / ​कर्फ्यू घोषणा गरिएको श्रीलंकामा फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालका माध्यमहरूमा पनि प्रतिबन्ध लगाइएको छ भने,  ह्वाट्सएप पनि ‘डाउन’ भएको छ ।  यसको प्रष्ट कारण नखुलाइए पनि मोबाइल फोन प्रयोगकर्ताहरूलाई ‘दूरसंचार नियामक आयोगद्वारा निर्देशित’ भन्ने सन्देश पठाइएको छ ।नयाँ प्रतिबन्ध रोक्न पहलरुवरुप कठोर प्रतिबन्ध लगाइएको छ । बिहीबार एउटा भिडले राष्ट्रपतिको निजी आवासनजिक सवारी साधनहरूमा आगजनी गरेको थियो ।

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 193 पटक पढिएको
  • युक्रेनलाई सैन्य सहयोगको घोषणा

    एजेन्सी / अमेरिकाले युक्रेनलाई थप ३० करोड डलरको सुरक्षा सहयोग प्रदान गर्ने भएको छ । शुक्रबार अमेरिकाको रक्षा मन्त्रालयले युक्रेनलाई सहयोग दिने घोषणा गरेको हो । नयाँ योजनासँगै अमेरिकाले युक्रेनलाई दिने समग्र सैन्य सहयोग २ अर्ब ३० करोड डलर नाघेको छ ।अहिले अमेरिकाले घोषणा गरेको सहयोगमा आत्मघाती ड्रोन, एन्टि ड्रोन प्रणाली, सैन्य गाडीहरू, नाइट भिजन उपकरण, गोलाबारुदलगायतका सहयोग समावेश छन् ।युक्रेनमाथि रुसले फेब्रुअरी २४ यता निरन्तर आक्रमण गर्दै आएको छ । यस्तोमा रुससँग लड्नको लागि युक्रेनले पश्चिमा मुलुकसँग सहयोग माग्दै आएको छ । यद्यपि पछिल्लो केही समययता युक्रेनमा रुसको आक्रमण केही कम भए पनि पूर्वी

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 168 पटक पढिएको
  • रुसी विदेशमन्त्री र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

    एजेन्सी / रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार भारत भ्रमणमा आएका लाभरोभले भारतीय समकक्षी एस जयशंकरसँग पनि भेटवार्ता गरेका छन् ।भारतीय प्रधानमन्त्री मोदीसँगको वार्तामा लाभरोभले रुस र युक्रेनबीच जारी शान्ति वर्तासहित युक्रेनको अवस्थाको विषयमा जानकारी दिएका थिए । मोदीले लाभरोभसँग जारी हिंसा अन्त्य गर्न आग्रह गरेका थिए । शाति स्थापनाको प्रयासमा कुनै पनि योगदानको लागि भारत तयार रहेको मोदीको भनाइ थियो ।यसअघि भारतीय समकक्षीसँगको वार्तापछि भएको प्रेस कन्फ्रेन्समा बोल्दै लाभरोभले भारत र रुसको सम्बन्धमा कुनै

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 185 पटक पढिएको
  • श्रीलंकामा संकटकाल घोषणा

    एजेन्सी / श्रीलङ्कामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ अगाडि बढेको भोलिपल्ट श्रीलंकन सरकारले आपतकाल घोषणा गरेको हो । सुरक्षा फौजलाई असीमित शक्ति प्रदान गरिएको छ।  राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानूनको आह्वान गरेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै भएका विरोध प्रदर्शनपछि श्रीलंका तनावग्रस्त भएको हो।श्रीलङ्कामा चर्को महङ्गी, खानेकुरा, इन्धन र बिजुली अभावका विरुद्ध राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेको भोलिपल्टबाट आपतकाल घोषणा गरिएको हो।राष्ट्रपति राजापाक्षेले स

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 183 पटक पढिएको
  • रुसले चर्नोबिल परमाणु प्लान्ट युक्रेनलाई सुम्पियो

    एजेन्सी / रुसी सेनाले चेर्नोबिल आणविक प्लान्ट छोडेको बताएको जानकारी दिएको छ । रुसको सेनाले चेर्नोबिल परमाणु संयन्त्रको नियन्त्रण युक्रेनका कर्मचारीलाई सुम्पिएको बताएको छ ।संयन्त्रमा रहेका कर्मचारीले त्यहाँ कोही बाहिरी व्यक्ति नभएको बताएका छन् । यद्यपि, यसको पुष्टि भने गर्न नसकिने बताएको छ ।रुसको सेनाले युद्धको सुरुवातमा चेर्नोबिल परमाणु संयन्त्रको नियन्त्रण आफ्नो हातमा लिएको थियो । यद्यपि, संयन्त्रको सञ्चालनका लागि युक्रेनका कर्मचारी त्यहाँ राखिएको थियो ।चेर्नोबिल त्यो स्थान हो जहाँ सन् १९८६ मा भयानक परमाणु त्रासदी भएको थियो । यहाँ अब कुनै परमाणु रियाक्टर छैन तर यसको प्रबन्धनको आवश्यकता भने पर

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 205 पटक पढिएको
  • रुस-युक्रेन युद्धको असर : कमजोर बन्दै अमेरिकी मुद्रा 

    एजेन्सी / रुस–युक्रेन युद्धका कारण अमेरिका र युरोपेली मुलुकको दबाबको सामना गरिरहेको रुसले अमेरिकी र युरो मुद्रा लाई कमजोर बनाउन अन्य शक्तिशाली मुलुकको सहयोगमा कोसिस थालेको छ । अमेरिका सहित पश्चिमा मुलुकको आर्थिक नोक्सानी व्योहोरी रहेको रुसले कमजोर बनेको आफ्नो मुद्रा बलियो बनाउन युद्धमा तठस्त बसेका अन्य शक्तिशाली मुलुकको सहयोगको हात अघि बढाएसँगै अमेरिकी र युरो मुद्रा कमजोर बन्ने अवस्था आएको छ ।विश्वको दोस्रो ठूलो तेल र ग्यास निर्यात गर्ने मुलुक रुसले आफ्नो मुलुकसँग रुबलमा कारोबार गर्नेलाई मात्रै तेल र ग्यास निर्यात गर्ने घोषणा गरेको गरेसँगै अमेरिकी र युरो मुद्रा कमजोर बन्ने अवस्था आएको हो । रुस

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 170 पटक पढिएको
  • पश्चिमा मुलुकमाथि रुसको प्रतिबन्ध : आजबाट इन्धन आपूर्ति बन्द

    एजेन्सी / पश्चिमा देशलाई आज (शुक्रबार) देखि ग्यास आपूर्ति बन्द गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन ।युक्रेन र रुसबीच युद्ध सुरु भएको ३७ दिन पूरा भइसक्दा पनि रुसले पश्चिमा देशहरूलाई इन्धन आपूर्ति बन्द गर्ने चेतावनीसहित अल्टिमेटम राष्ट्रपति पुटिनले दिएका हुन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज (शुक्रबार) देखि युरोपसहित पश्चिमा देशहरूलाई दिँदै आएको प्राकृतिक ग्यास बन्द गर्ने चेतावनी दिएका छन ।युक्रेनसँगको युद्ध लम्बिँदै जाँदा पुटिनले युक्रेनका सहयोगी देशहरूमाथि दबाब बढाउने रणनीति लिन थालेको छ । प्राकृतिक ग्यास निर्यात सम्बन्धी आदेशमा हस्ताक्षर गर्दै पुटिनले रुसी मुद्रा रुब

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 193 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.