एजेन्सी / अमेरिकाले युक्रेनलाई थप ३० करोड डलरको सुरक्षा सहयोग प्रदान गर्ने भएको छ । शुक्रबार अमेरिकाको रक्षा मन्त्रालयले युक्रेनलाई सहयोग दिने घोषणा गरेको हो । नयाँ योजनासँगै अमेरिकाले युक्रेनलाई दिने समग्र सैन्य सहयोग २ अर्ब ३० करोड डलर नाघेको छ ।

अहिले अमेरिकाले घोषणा गरेको सहयोगमा आत्मघाती ड्रोन, एन्टि ड्रोन प्रणाली, सैन्य गाडीहरू, नाइट भिजन उपकरण, गोलाबारुदलगायतका सहयोग समावेश छन् ।

युक्रेनमाथि रुसले फेब्रुअरी २४ यता निरन्तर आक्रमण गर्दै आएको छ । यस्तोमा रुससँग लड्नको लागि युक्रेनले पश्चिमा मुलुकसँग सहयोग माग्दै आएको छ । यद्यपि पछिल्लो केही समययता युक्रेनमा रुसको आक्रमण केही कम भए पनि पूर्वी क्षेत्रमा उसले आक्रमण बढाउने सक्ने आशंका बढेको छ ।