एजेन्सी / रुस–युक्रेन युद्धका कारण अमेरिका र युरोपेली मुलुकको दबाबको सामना गरिरहेको रुसले अमेरिकी र युरो मुद्रा लाई कमजोर बनाउन अन्य शक्तिशाली मुलुकको सहयोगमा कोसिस थालेको छ । अमेरिका सहित पश्चिमा मुलुकको आर्थिक नोक्सानी व्योहोरी रहेको रुसले कमजोर बनेको आफ्नो मुद्रा बलियो बनाउन युद्धमा तठस्त बसेका अन्य शक्तिशाली मुलुकको सहयोगको हात अघि बढाएसँगै अमेरिकी र युरो मुद्रा कमजोर बन्ने अवस्था आएको छ ।

विश्वको दोस्रो ठूलो तेल र ग्यास निर्यात गर्ने मुलुक रुसले आफ्नो मुलुकसँग रुबलमा कारोबार गर्नेलाई मात्रै तेल र ग्यास निर्यात गर्ने घोषणा गरेको गरेसँगै अमेरिकी र युरो मुद्रा कमजोर बन्ने अवस्था आएको हो । रुससँग अमेरिका र पश्चिमा मुलुकको तनाव बढिरहेको बेला तेल र ग्यास आयात गर्ने संसारका दुई महाशक्ति भारत र चिनले पनि रुससँग रुबलमा कारोबार गर्ने तयारी थालेपछि अमेरिकी डलर र युरो मुद्रा कमजोर बन्ने अवस्था आएको हो ।

चिन र भारतले रुससँग इन्धन कारोबार जारी राख्ने र आयात बढाउने समझदारी गरेसँगै रुसमाथि दवाव दिइरहेका अमेरिका सहितका पश्चिमा मुलुक आर्थिक सङ्कटमा फस्ने भएका छन् । रुसले रुबलमा कारोबार नगर्ने मुलुकलाई ग्यास र इन्धन नदिने घोषणा गरेपछि अमेरिकी डलर र युरो कमजोर बन्ने भएको हो । रुसले युद्धका कारण सामना गरिरहेको आर्थिक सङ्कटको भरपाई गर्न थालेको कोसिसलाई भारत र चिन सहितका रुसका मित्र राष्ट्रले साथ दिने भएपछि कूटनीतिक युद्धमा समेत रुस एक कदम अघि बढेको छ । 

रुसले अमेरिकी डलर र युरो मुद्रा कमजोर बनाउन फरक बाटो अंगालेकै समयमा यमन युद्धका कारण अमेरिकासँग चिढिएको साउदी अरेवियाले समेत चिनसँग चिनियाँ मुद्रामा नै इन्धन कारोबार गर्ने तयारी गरेपछि अमेरिकामाथि थप दवाव बढेको छ । पछिल्ला घटनाक्रमले रुस–युक्रेन युद्ध पछि एसियाका शक्तिशाली अनि जनसंख्या र बजारका हिसाबमा ठूला मानिएका मुलुक ध्रुवीकरण भएको समेत देख्न थालिएको छ । 

युद्धका कारण इरान , उत्तरकोरिया , पाकिस्तान , चिन र भारत एउटा ध्रवमा देखिन थालेका छन् भने मुस्लिम मुलुक विरोधी छवि वनाएका अमेरिका र पश्चिमा मुुलुकको विरोधी मानिने चिनसँग उनीहरु क्रमश बिआरआइका कारण नजिक बन्दै गएका छन् । शक्तिशाली मुस्लिम मुलुक साउदी अरेबियाले चिनिँया मुद्रामा कारोबार गर्ने तयारी गरेसँगै मुस्लिम मुलुक पनि चिन–रुस–भारत–इरान–पाकिस्तान–उत्तरकोरिया रहेको ध्रुवतिर जान थालेको अनुमान गरिएको छ ।

अमेरिकी मुद्रामा रुसलाई कमजोर बनाउने अमेरिका र पश्चिमा मुलुकले थालेको प्रयासले क्रमश ति मुलुकलाई नै दीर्घकालिक असर पार्ने अवस्था आएपछि अमेरिकी राष्ट्रपति जो वाईडेनको अमेरिकामा नै आलोचना हुन थालेको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले त वाईडेनलाई सत्ताच्युत नगरे अमेरिकाले ठूलो आर्थिक क्षति ब्यहोर्नु पर्ने चेतावनी दिएका छन् । 

OM Sai Pathibhara Hospital