काठमाण्डौ  ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।मौसमविद्हरूका अनुसार आज देशका अधिकांश भागमा मौसम सफा रहनेछ।

दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहँदै बाँकी भूभागमा मुख्यतया सफा मौसम रहनेछ। पहाडी र हिमाली क्षेत्रका केहि स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

राति पनि अधिकांश भूभागमा आंशिकदेखि सफा मौसम रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका केहि स्थानमा मात्र हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।