एजेन्सी /  श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू जारी भएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो ।

राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिवार साँझ ६ बजेदेखि सोमवार बिहान ६ बजेसम्मका लागि देशव्यापी कर्फ्यू लगाइएको सरकारको सूचना विभागले एक विज्ञप्तिमा भनेको छ ।

OM Sai Pathibhara Hospital

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बढ्दो अशान्तिलाई सम्बोधन गर्न कडा कानुन लगाउनु पर्ने बताउँदै आएका छन् । सरकारले शुक्रवारदेखि नै आपतकाल घोषणा गरिसकेको छ ।