एजेन्सी / रुसी सेनाले चेर्नोबिल आणविक प्लान्ट छोडेको बताएको जानकारी दिएको छ । रुसको सेनाले चेर्नोबिल परमाणु संयन्त्रको नियन्त्रण युक्रेनका कर्मचारीलाई सुम्पिएको बताएको छ ।
संयन्त्रमा रहेका कर्मचारीले त्यहाँ कोही बाहिरी व्यक्ति नभएको बताएका छन् । यद्यपि, यसको पुष्टि भने गर्न नसकिने बताएको छ ।

रुसको सेनाले युद्धको सुरुवातमा चेर्नोबिल परमाणु संयन्त्रको नियन्त्रण आफ्नो हातमा लिएको थियो । यद्यपि, संयन्त्रको सञ्चालनका लागि युक्रेनका कर्मचारी त्यहाँ राखिएको थियो ।चेर्नोबिल त्यो स्थान हो जहाँ सन् १९८६ मा भयानक परमाणु त्रासदी भएको थियो । यहाँ अब कुनै परमाणु रियाक्टर छैन तर यसको प्रबन्धनको आवश्यकता भने पर्छ ।