एजेन्सी / श्रीलङ्कामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ अगाडि बढेको भोलिपल्ट श्रीलंकन सरकारले आपतकाल घोषणा गरेको हो । सुरक्षा फौजलाई असीमित शक्ति प्रदान गरिएको छ।  

राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानूनको आह्वान गरेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै भएका विरोध प्रदर्शनपछि श्रीलंका तनावग्रस्त भएको हो।

श्रीलङ्कामा चर्को महङ्गी, खानेकुरा, इन्धन र बिजुली अभावका विरुद्ध राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेको भोलिपल्टबाट आपतकाल घोषणा गरिएको हो।

राष्ट्रपति राजापाक्षेले सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनका लागि अत्यावश्यक आपूर्तिका लागि आपतकाल घोषणा गरिएको बताएका  छन्।

सरकारले राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राती कफ्र्यू लगाएको थियो ।

देशमा दैनिक १३ घण्टा लामो समयसम्म विद्युत कटौती हुने गरेको छ, इन्धनको अभाव छ, अत्यावश्यक खानेकुरा र औषधिको अभावका माझ जनताको आक्रोश नयाँ चरम विन्दुमा पुगेको छ।

२ करोड २० लाख जनसंख्या भएको श्रीलंकाले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दी सामना गरेको छ।

मूल्य वृद्धि अकासिएको छ भने दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ भएको छ । कागजको अभावमा परीक्षाहरू नै स्थगित गरिएका छन्।