विदेश

    Showing 1,411-1,420 of 2,133 items.
  • न्युयोर्कको सुपरमार्केटमा अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु

    एजेन्सी / अमेरिकाको न्युयोर्कस्थित ‘बफेलो सुपरमार्केट’ मा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आक्रमणपछि किशोरले आत्मसमर्पण गरेका थिए । समाचार एजेन्सी पीटीआईका अनुसार, प्रहरी अधिकारीहरूले भने कि १८ वर्षीय युवकले सैनिक जस्तै देखिने पोशाक र कवच लगाएका थिए । आक्रमणकारी किशोरले हेलमेट लगाएका थिए, जसमा फिक्स क्यामेरा थियो र आक्रमणको लाइभ स्ट्रिमिङ गरिरहेको थियो ।शहरका प्रहरी आयुक्त जोसेफ ग्रामाग्लियाले किशोरले पसल बाहिर चार जनालाई गोली हानेको जानकारी दिए ।जोसेफले भने, ‘ पसलमा प्रवेश गरेपछि गार्डले किशोरलाई गोली हाने तर बुलेट प्रुफ ज्याकेट लगाएकाले त

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 173 पटक पढिएको
  • चीनमा १२२ जना सवार जहाज रनवे बाहिर गएपछि सुरु भयो आगलागी

    एजेन्सी / चीनमा तिब्बत एयरलाइन्सको एउटा जहाज टेकअफ गर्न लाग्दा रनवे बाहिर गई आगो लागेको छ ।  दक्षिण पश्चिमी सहर चोङकिङको विमानस्थलबाट  बिहीबार बिहान एयरबस ए ३१९ जहाजमा टेकअफ गर्न लाग्दा समस्या आएको थियो । जहाजमा समस्या देखिएपछि चालकले जहाजलाई टेकअफ हुनबाट रोकेका थिए ।  स्थानीय समयअनुसार बिहान आठ बजे जहाजमा आगलागी भएको चोङकिङ जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थललाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ । जहाजमा ११३ यात्रु र नौ जना चालक दलका सदस्य थिए । चीनको नागरिक उड्डयन प्रशासनले ३६ जनालाई सामान्य चोटपटक लागेको र उपचारका  लागि स्थानीय अस्पताल लगिएको बताएको छ । 

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 198 पटक पढिएको
  • इजरायली सेनाले चलाएको गोली लागेर अलजजिराकी पत्रकार मृत्यु

    एजेन्सी / इजरायलमा अलजजिराकी एक पत्रकारको गोली लागेर मृत्यु भएको छ।समाचार संस्था एपीका अनुसार बुधबार बिहान वेस्ट ब्यांकमा इजरायली सेनाले छापा मार्ने क्रममा चलाएको गोली लागेर पत्रकार शिरिन अबु अक्लेहको मृत्यु भएको हो।अलजजिराले प्यालेस्टाइनको उद्धृत गर्दै जेनिन सहर नजिकै अक्लेहको टाउकोमा गोली हानिएको उल्लेख गरेको छ। उनीसँग रिपोर्टिङ गरिरहेका अर्का एक स्थानीय पत्रकार घाइते भएका छन्।

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 164 पटक पढिएको
  • श्रीलङ्कामा कर्फ्यु उल्लंघन गर्नेहरूलाई गोली चलाउन आदेश

    एजेन्सी / श्रीलङ्कामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइ दिएपछि पूरै देशमा कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लंघन गर्नेहरूलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ ।आर्थिक सङ्कटका कारण श्रीलङ्काका नागरिकहरूले सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन् । सोमबारको यही प्रदर्शनमा एकजना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले पदबाट राजीनामा दिएका थिए । तर पनि श्रीलङ्काका नागरिकको आक्रोश थामिएको छैन ।उनीहरूले मंगलबार राजापाक्षेको एक घरलाई जलाइदिएका छन् । सुरक्षाकर्मीले तत्कालै राजापाक्ष र उनका परिवारका सदस्यहरूलाई सो घरब

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 176 पटक पढिएको
  • युक्रेनको इजियुम सहरमा ४४ जनाको शव फेला

    एजेन्सी / युक्रेनको इजियुम सहरमा एक भत्किएको संरचनाको भुइँतलामा ४४ जना युक्रेनीको शव फेला परेको छ।मार्चमा पाँच तलाको भवन रुसी गोलाबारी पछि भत्किएको थियो। भवनको ‘बेसमेन्ट’ मा त्यही भत्किएको भवनमा बस्ने नागरिक बास बसेका थिए।अहिले उद्दारकर्ता उक्त भत्किएको संरचना नजिक पुगेको बिबिसीले जनाएको छ। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ। भत्किएको भवनकै नजिक अर्को विस्फोटन भइरहेको छ।इजियुम सहरका मेयरले बिबिसीलाई बताएअनुसार त्यहाँ अरू मानिसहरू पनि फसेका छन्। इजियुम सहरको आधा हिस्सा अप्रिल १ देखि रुसी सैनिकको नियन्त्रणमा रहेको छ। 

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 173 पटक पढिएको
  • श्रीलंकामा हिंसात्मक झडप : सांसदसहित ५ को मृत्यु, १५० भन्दा बढी घाइते

    एजेन्सी / श्रीलंकामा सरकार समर्थक र विरोधिबीच भएको हिंसात्मक झडपमा एक परी एक जना सांसदसहित पाँच जनाको ज्यान गएको छ । समाचार संस्था एएफपीका अनुसार झडपमा परी कम्तीमा १५० जना घाइते भएका छन्।सत्तारुढ दलका सांसद अमरकीर्थी अथुकोराले एउटा कारलाई रोक्ने क्रममा सोमबार गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका थिए घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।सांसद्ले  ‘त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको,’ एक प्रहरी अधिकारीले एएफपीलाई जानकारी दिएका छन्।त्यसपछि प्रहरी, सरकार समर्थक र विरोधीबीच भइरहेको लगातारको झडपमा परी थप ३ जनाको ज्यान गएको छ। झडपका घाइतेको भएकाहरुको कोलम्बो नेशनल अस्प

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 173 पटक पढिएको
  • श्रीलङ्कामा हिंसात्मक झडप : एक सांसदको हत्या, प्रधानमन्त्री राजापाक्षेको घरमा आगजनी

    एजेन्सी  / श्रीलङ्कामा सोमबार भएको हिंसात्मक झडपको क्रममा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ। एएफपीका अनुसार झडपमा सांसद पी अमरकीर्थी अथुकोरालाको मृत्यु भएको हो ।झडपका क्रममा १३० भन्दा धेरै घाइते भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । झडप हुँदा एक सांसद र एक पूर्वमन्त्रीको घरमा सोमबार साँझ भीषण आगजनी भएको छ। पूर्वमन्त्री जोनस्टन फर्नान्डोको माउन्ट ल्याभिनियामा रहेको घर र सांसद सनथ निशान्तको घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।सरकारले कर्फ्यु लगाएको भए पनि हजारौं मानिस सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। सोमबार दिउँसो महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट रा

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 185 पटक पढिएको
  • दाउद इब्राहिमको २० ठेगानामा एनआईएको छापा

    एजेन्सी / भारतको नेशनल इनभेस्टिगेशन एजेन्सी (एनआईए) ले कुख्यात डन दाउद इब्राहिमको २० भन्दा बढी ठेगानामा छापा मारेको छ। एनआईएले सोमबार भारतको मुम्बाइ शहरको विभिन्न ईलाकामा शार्प सुटर र तस्करहरु समेत रहेको अनुमानमा छापा मारेको हो।छापा मारिएको क्षेत्रमा दाउदको नजिक मानिने छोटा शकील, जावेद चिकना, टाइगर मेनन, इकबाल मिर्ची, दाउदकी बहिनी हसीना पारकर लगायतको बसोबास रहेको बताइएको छ। देशविरोधी काम र अवैध रकम असुलीको आरोपमा एनआईएले सोमबार गुप्त कारबाही गरेको बताइएको छ।गत फेब्रुअरीमा गृह मन्त्रालयको आदेशमा एनआईएले दाउद इब्राहिम (डी कम्पनी)को विरुद्धमा मुद्दा दायर गरेको थियो। सोही मामिलामा यो छाप

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 222 पटक पढिएको
  • रुस युक्रेन युद्ध : युक्रेनको एक विद्यालयमा बम विस्फोट, ६० जनाको मृत्यु

    एजेन्सी / रुस युक्रेन युद्ध अन्तरगत रुसी सेनाले युक्रेनको एक विद्यालयमा बम विस्फोट गराउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । यसअघि लुहान्स्क क्षेत्रका गभर्नर सेर्ही हैदाइले बिलोहोरिभकाको एउटा भवनमा ९० जनाले शरण लिएकामध्ये ३० जनालाई मात्र विस्फोटपछि जीवितै निकालिएको बताएका थिए । उनका अनुसार रुसी विमानले शनिबार भवनमा बम खसालेको थियो तर रूसले यसबारे कुनै टिप्पणी गरेको छैन ।लुहान्स्क भीषण युद्धको लागि तयार छ, त्यहाँ रुसी सैनिक र पृथकतावादी लडाकुले युक्रेनी सेनासँग लडिरहेका छन् । यसका धेरै क्षेत्रहरू विगत आठ वर्षदेखि रुसी समर्थित चरमपन्थीहरूको नियन्त्रणमा छन् ।बिलोहोरिभ्का सरकार नियन्त्रित

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 186 पटक पढिएको
  • हवानाको होटल विष्फोटमा २७ जनाको मृत्यु

    एजेन्सी / क्युबाको हवानास्थित साराटोगा होटल विस्फोटको भग्नावशेषमा उद्धारकर्ताहरूले आफ्नो कार्य जारी राखेका छन् ।होटलमा शनिवार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या २७ पुगेको अधिकारीहरूले बताएका छन् । साराटोगा होटलको माथिल्लो तल्लामा कोही पनि जीवित नभेटिएको जनाइएको छ । यस विस्फोटमा परी घाइते भएका ३७ जनालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । यद्यपि यसअघि ४६ जनालाई अस्पताल भर्ना गरिएको समाचार दिइएको थियो । रेडक्रसका एक अधिकारीले यस विस्फोटमा ३२ जनाको मृत्यु भएको जानकारी दिएपछि अन्योल भएको थियो । यस विस्फोटबाट ज्यान गुमाउनेको यो संख्यालाई पछि ‘त्रुटि’ भनिएको थियो ।

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 170 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.