एजेन्सी / श्रीलंकामा सरकार समर्थक र विरोधिबीच भएको हिंसात्मक झडपमा एक परी एक जना सांसदसहित पाँच जनाको ज्यान गएको छ । समाचार संस्था एएफपीका अनुसार झडपमा परी कम्तीमा १५० जना घाइते भएका छन्।

सत्तारुढ दलका सांसद अमरकीर्थी अथुकोराले एउटा कारलाई रोक्ने क्रममा सोमबार गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका थिए घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

OM Sai Pathibhara Hospital

सांसद्ले  ‘त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको,’ एक प्रहरी अधिकारीले एएफपीलाई जानकारी दिएका छन्।

त्यसपछि प्रहरी, सरकार समर्थक र विरोधीबीच भइरहेको लगातारको झडपमा परी थप ३ जनाको ज्यान गएको छ। 

झडपका घाइतेको भएकाहरुको कोलम्बो नेशनल अस्पतालका उपचार भइरहेको बताइएको छ । 

यसैबीच श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपक्षले  सरकार विरोधी प्रदर्शन तीब्र भइरहँदा राजीनामा दिएका छन्।

राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजपक्षलाई राजीनामा पत्र बुझाउँदै ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन्।

त्यस्तो नयाँ सरकारले गहिरिँदो आर्थिक सङ्कटबाट बाहिरिन देशलाई निर्देश गर्न सक्ने पनि उनले पत्रमा उल्लेख गरेका छन्।

सरकार विरोधी प्रदर्शनकारी तथा राजपक्ष दाजुभाइका समर्थकबीच हिंसात्मक झडपहरू भएपछि कर्फ्यु लगाइए लगत्तै उनले राजीनामा दिएका हुन्।

प्रधानमन्त्रीको राजीनामा पछि पनि श्रीलंकामा प्रदर्शन रोकिएको छैन। आगजनी र तोडफोडमा उत्रिएका सर्वसाधारणले प्रधानमन्त्री राजपाक्षेको पुर्खौली घरमा आगो लगाइदिएका छन्।