एजेन्सी / रुस युक्रेन युद्ध अन्तरगत रुसी सेनाले युक्रेनको एक विद्यालयमा बम विस्फोट गराउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । 

यसअघि लुहान्स्क क्षेत्रका गभर्नर सेर्ही हैदाइले बिलोहोरिभकाको एउटा भवनमा ९० जनाले शरण लिएकामध्ये ३० जनालाई मात्र विस्फोटपछि जीवितै निकालिएको बताएका थिए । उनका अनुसार रुसी विमानले शनिबार भवनमा बम खसालेको थियो तर रूसले यसबारे कुनै टिप्पणी गरेको छैन ।

OM Sai Pathibhara Hospital

लुहान्स्क भीषण युद्धको लागि तयार छ, त्यहाँ रुसी सैनिक र पृथकतावादी लडाकुले युक्रेनी सेनासँग लडिरहेका छन् । यसका धेरै क्षेत्रहरू विगत आठ वर्षदेखि रुसी समर्थित चरमपन्थीहरूको नियन्त्रणमा छन् ।

बिलोहोरिभ्का सरकार नियन्त्रित सहर सेभेरोडनेस्कको नजिक छ, शनिबार यसको बाहिरी क्षेत्रमा पनि भारी विस्फोट भएको थियो ।

उनले भने, ‘यो विद्यालयको भवनमा पुरै गाउँलेले आश्रय लिएका थिए । भग्नावशेष पूरै सफा गरेपछि मात्रै मृत्युको यकिन तथ्यांक थाहा हुनेछ ।’ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणबाट आफू स्तब्ध भएको बताएका छन् ।