एजेन्सी / युक्रेनको इजियुम सहरमा एक भत्किएको संरचनाको भुइँतलामा ४४ जना युक्रेनीको शव फेला परेको छ।

मार्चमा पाँच तलाको भवन रुसी गोलाबारी पछि भत्किएको थियो। भवनको ‘बेसमेन्ट’ मा त्यही भत्किएको भवनमा बस्ने नागरिक बास बसेका थिए।

OM Sai Pathibhara Hospital

अहिले उद्दारकर्ता उक्त भत्किएको संरचना नजिक पुगेको बिबिसीले जनाएको छ। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ। भत्किएको भवनकै नजिक अर्को विस्फोटन भइरहेको छ।

इजियुम सहरका मेयरले बिबिसीलाई बताएअनुसार त्यहाँ अरू मानिसहरू पनि फसेका छन्। इजियुम सहरको आधा हिस्सा अप्रिल १ देखि रुसी सैनिकको नियन्त्रणमा रहेको छ।