एजेन्सी / चीनमा तिब्बत एयरलाइन्सको एउटा जहाज टेकअफ गर्न लाग्दा रनवे बाहिर गई आगो लागेको छ ।  दक्षिण पश्चिमी सहर चोङकिङको विमानस्थलबाट  बिहीबार बिहान एयरबस ए ३१९ जहाजमा टेकअफ गर्न लाग्दा समस्या आएको थियो । 

जहाजमा समस्या देखिएपछि चालकले जहाजलाई टेकअफ हुनबाट रोकेका थिए ।  स्थानीय समयअनुसार बिहान आठ बजे जहाजमा आगलागी भएको चोङकिङ जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थललाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ । 
जहाजमा ११३ यात्रु र नौ जना चालक दलका सदस्य थिए । चीनको नागरिक उड्डयन प्रशासनले ३६ जनालाई सामान्य चोटपटक लागेको र उपचारका  लागि स्थानीय अस्पताल लगिएको बताएको छ । 

OM Sai Pathibhara Hospital