एजेन्सी  / श्रीलङ्कामा सोमबार भएको हिंसात्मक झडपको क्रममा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ। एएफपीका अनुसार झडपमा सांसद पी अमरकीर्थी अथुकोरालाको मृत्यु भएको हो ।

झडपका क्रममा १३० भन्दा धेरै घाइते भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । 

OM Sai Pathibhara Hospital

झडप हुँदा एक सांसद र एक पूर्वमन्त्रीको घरमा सोमबार साँझ भीषण आगजनी भएको छ। पूर्वमन्त्री जोनस्टन फर्नान्डोको माउन्ट ल्याभिनियामा रहेको घर र सांसद सनथ निशान्तको घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।

सरकारले कर्फ्यु लगाएको भए पनि हजारौं मानिस सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। सोमबार दिउँसो महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

उनको राजीनामापछि श्रीलंकामा हिंसात्मक रुप लिएको हो। श्रीलंका इतिहासकै चरम आर्थिक संकटमा परेपछि विरोध चर्किएको हो ।

वैदेशिक मुद्रा सचिती निकै कम छ । इन्धनको संकट र खाद्य संकटले श्रीलंका समस्यामा परेको छ ।