शिक्षा

    Showing 841-850 of 1,009 items.
  • दुई विद्यार्थीलाई इन्जिनियर पढाउन गाउँपालिकाले छुट्यायो ८ लाख

    तनहुँ / तनहुँको बन्दीपुर गाउँपालिकाले दुई जनालाई इन्जिनियर पढाउने भएको छ। गाउँपालिकाले आफ्नै लगानीमा गाउँका दुई विपन्न र जेहेनदार विद्यार्थीलाई इन्जिनियर पढाउनको भएको हो । गाउँपालिकाले इन्जिनियर पढाउनका लागि आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यसको लागि कार्यविधि बनाउने अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए।कार्यपालिकाले छात्रवृत्तिसम्बन्धी कार्यविधि बनाएर खुला सूचना प्रकाशित गर्नेछ। विपन्न लक्षित कार्यक्रम भएकाले सरकारी स्कुलमा अध्ययन गरेका गरिब, दलित, आदिवासी जनजाति समुदायहरूलाई प्राथमिकता दिइने बताइएको छ । गाउँपालिका क्षेत्रमा

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 158 पटक पढिएको
  • पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन

    काठमाडौँ, । राष्ट्रिय सतर्कता केन्द्रले मापदण्ड पूरा नभएका पाठ्यसामग्री बिक्री वितरणमा पूर्ण रोक लगाउन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएको छ ।केन्द्रमा पाठ्यसामग्री छपाइ गर्ने प्रकाशन गृहहरूले तोकिएको मापदण्ड पालना नगरी पाठ्यसामग्री बजारमा बिक्रीवितरण गर्दै आएको उजुरी परेपछि केन्द्रले अनुसन्धान गरेको थियो । अनुसन्धानबाट पाठ्यविकास केन्द्रले निरीक्षण नगरेको पाइएको बताइएको छ ।केन्द्रले उजुरी,  फस्र्योट, निर्देशन, तामेलीमा राखेको विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा केन्द्रमा ४४४ उजुरी परेको थिए । जसमध्ये १५६ वटा उजुरी फस्र्योट गरिएको तथा ४० वटा उजुरीमा सम्बन्धित निकाय तथा व

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 171 पटक पढिएको
  • विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षकले मागे माफी

    झापा / झापाको बिर्तामोड नगरपालिका –५ स्थित सुनगाभा इङ्लिस स्कुलका शिक्षकले विद्यार्थी र अभिभावकसँग माफी मागेका छन् । विद्यार्थी र अभिभावकहरूले विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने शिक्षकलाई कानुनी दायरामा ल्याउन विद्यालय प्रसाशनलाई दवाव दिएपछि शिक्षक विकास पोखरेलले माफी मागेका हुन् । पोखरेलले गत बुधबार कक्षा ३ मा अध्ययनरत ९ वर्षीय अविरल तिम्सिनालाई निर्घात कुटपिट गरेका थिए । पोखरेलको कुटाइबाट विद्यार्थी तिम्सिनाको खुट्टा, ढाड र गालामा नीलडाम बसेको छ । पढाएको कुरा सोध्दा नआएपछि पोखरेलले आफूमाथि निर्घात कुटपिट गरेको तिम्सिनाले बताए । शिक्षकले विद्यार्थीलाई घायल हुनेगरि कुटपिट

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 182 पटक पढिएको
  • कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

    झापा  / कक्षा १२ को नतिजा आज (शुक्रबार) प्रकाशित भएको छ । गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको हो । परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए । परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआर मार्फत हेर्न सकिन्छ । यसका लागि वेबसाइटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ भने, एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 191 पटक पढिएको
  • विद्यार्थीद्धारा महेन्द्र मोरङ क्याम्पस तोडफोड

    धरान / मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीहरूले तोडफोड गरेका छन् ।  क्याम्पसका व्यवस्थापन सङ्कायका विद्यार्थीहरूले परीक्षा आइसक्दा पनि क्याम्पस प्रशासनले कम्प्युटर ल्याबको व्यवस्था नगरेको भन्दै विद्यालय तोडफोड गरेका हुन् । हाल व्यवस्थापन सङ्कायमा ८ वटा मात्रै कम्प्युटर रहेका छन् । विद्यार्थीहरूले पटक–पटक क्याम्पस प्रशासनलाई कम्प्युटर ल्यावको व्यवस्था गर्नका लागि निवेदन दिएका थिए । तर, क्याम्पस प्रशासनले सुनुवाइ नगरेको भन्दै बुधबार विद्यार्थीले क्याम्पसको कुर्सी, टेबल र ढोका तोडफोड गरेका हुन् ।क्याम्पस प्रशासनले मागअनुसार समस्या समाधान नगरिएकाले तोडफोडमा उत्र

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 208 पटक पढिएको
  • महेन्द्र क्याम्पस जग्गा प्रकरण : मालपोतले गर्यो क्याम्पसको विपक्षमा फैसला

    धरान / महेन्द्र बहुमुखी क्याम्पस धरानको मोही हकदाबी भएको मुद्दामा भूमि सुधार तथा मालपोत कार्यालय सुनसरीले क्याम्पसको विपक्षमा फैसला गरेको छ ।मृत्यु भइसकेका मोही डम्बरबहादुर घिमिरेको नाममा रहेको क्याम्पसको जग्गा भूमिसुधार कार्यालय सुनसरीले घिमिरेको छोराको नाममा नामसारी गर्ने फैसला गरेको हो । क्याम्पसको स्रेस्तामा मोही कायम भएको घिमिरेको छोरा यज्ञबहादुर क्षेत्री र क्याम्पस प्रशासन दुवैले मोही नामसारीको लागि भूमिसुधार कार्यालयमा निवेदन दिएका थिए । तर, भूमि सुधार कार्यालयले भने यज्ञबहादुरको पक्षमा फैसला गरेको छ । सार्वजनिक सम्पत्ति संरक्षण गर्नुपर्नेमा विपक्षमा फैसला भएको भन्दै समाजसेवी

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 198 पटक पढिएको
  • ‘१७ थरी शिक्षकका ३७ माग सम्बोधन हुन्छ : शिक्षामन्त्री पौडेल

    गलकोट / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको बताएका छन् । प्रेस सेन्टर बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले सार्वजनिक शिक्षा सुधारका लागि ३१ बुँदे शिक्षा सुधार योजना अघि सारेको जानकारी दिए ।“हाम्रो जोड सार्वजनिक शिक्षालाई सुधार गर्ने निजीलाई सर्वसुलभ बनाउने भन्नेमा छ, १७ थरी शिक्षकका ३७ थरी माग सम्बोधनका लागि समिति गठन गरिएको छ”, उनले भने, “शिक्षा क्षेत्रमा आमूल सुधार गर्दै अघि बढ्नुपर्दछ, अबको समय प्राविधिको युग हो, प्रविधिको उच्चतम प्रयोग गर्दै महामारीमा समेत शैक्षिक सत्र खेर नजाने गरी पठनपाठन गर्ने सरकार

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 187 पटक पढिएको
  • कक्षा १२ को परीक्षाफल मंसिर २० गते सार्वजनिक गरिने

    काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा फल मंसिर २० गते सार्वजनिक गर्ने भएको छ । यो वर्ष कक्षा १२ को परीक्षा गत भदौ ३० गते देखि असोज ८ गतेसम्म सञ्चालन गरिएको थियो । परीक्षामा पौने चार लाख विद्यार्थी सहभागि भएका थिए । गएको परीक्षामा कोभिड –१९ संक्रमण भएर सहभागी हुन नपाएका देशभरका कक्षा १२ का ४१ परीक्षार्थीका लागि बोर्डले मंसिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ । छुटेका विद्यार्थीले आफ्नै जिल्लाबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 177 पटक पढिएको
  • लेखा परीक्षण अव अनलाइनबाट

    काठमाडौँ  / महालेखा परीक्षकको कार्यालयले यो वर्षदेखि विद्युतीय प्रणाली (अनलाइन) बाट लेखा परीक्षण गर्ने भएको छ । परम्परागत हस्त लिखित (म्यानुअल) प्रणालीलाई पूर्ण रूपमा विस्थापन गरेर अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको कार्यालयले जनाएको छ ।विद्युतीय प्रणाली कार्यान्वयनमा आए पनि परम्परागत प्रणालीमा देखिएको झन्झटबाट मुक्ति मिल्ने र सेवा प्रवाह चुस्त हुने विश्वास लिइएको महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले बताए । उनले भने, “अहिले पनि हाम्रो लेखा परीक्षणको काम अन्तर्राष्ट्रिय स्तरको छ । आउने दिनमा पनि कार्य सम्पादनमा कमी हुन दिने छैनौँ । सूचना प्रविधिको प्रयोगले झन् सहज

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 175 पटक पढिएको
  • चीन सरकारद्वारा नेपालका पाँच विद्यालयलाई ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण

    काठमाडौँ / चीन सरकारले नेपालका पाँच विभिन्न विद्यालयलाई सन् २०२१ को ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण गरेको छ ।राजधानीमा बुधबार साँझ औपचारिक कार्यक्रम आयोजना गरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले छनोट गरिएका विद्यालयलाई ‘पाण्डा बुक कर्नर’ प्रदान गरेका छन् । ‘पाण्डा बुक कर्नर’ अन्तर्गत शिक्षा, संस्कृति, भाषा, साहित्यलगायत विधाका पुस्तक दिइएको हो । यस वर्ष लमजुङको बालआर्दश उच्च मावि, काठमाडौँ ठमेलको सिद्धिगणेश उच्चमावि, काठमाडौँकै एलआरआई विद्यालय लगायतले ‘पाण्डा बुक कर्नर’ प्राप्त गरेका छन् ।समारोहमा सम्बोधन गर्दै मन्त्री पौडेलले चीन सरकारको यस प्रकारको सहयोगप्रति आभार प्रकट गर्दै

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 178 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.