झापा / झापाको बिर्तामोड नगरपालिका –५ स्थित सुनगाभा इङ्लिस स्कुलका शिक्षकले विद्यार्थी र अभिभावकसँग माफी मागेका छन् । 

विद्यार्थी र अभिभावकहरूले विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने शिक्षकलाई कानुनी दायरामा ल्याउन विद्यालय प्रसाशनलाई दवाव दिएपछि शिक्षक विकास पोखरेलले माफी मागेका हुन् । 

OM Sai Pathibhara Hospital

पोखरेलले गत बुधबार कक्षा ३ मा अध्ययनरत ९ वर्षीय अविरल तिम्सिनालाई निर्घात कुटपिट गरेका थिए । पोखरेलको कुटाइबाट विद्यार्थी तिम्सिनाको खुट्टा, ढाड र गालामा नीलडाम बसेको छ । 

पढाएको कुरा सोध्दा नआएपछि पोखरेलले आफूमाथि निर्घात कुटपिट गरेको तिम्सिनाले बताए । 

शिक्षकले विद्यार्थीलाई घायल हुनेगरि कुटपिट गरेको खवर थाहा पाउने बितीकै अभिभावसहित स्थानीयवासी विद्यालय पुगेका थिए । तर, आफूहरू पुग्नु अघिनै विद्यालय प्रशासनले ति शिक्षकलाई भगाएको अभिभावकहरूको आरोप छ ।