काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा फल मंसिर २० गते सार्वजनिक गर्ने भएको छ । 

यो वर्ष कक्षा १२ को परीक्षा गत भदौ ३० गते देखि असोज ८ गतेसम्म सञ्चालन गरिएको थियो । परीक्षामा पौने चार लाख विद्यार्थी सहभागि भएका थिए । 

OM Sai Pathibhara Hospital

गएको परीक्षामा कोभिड –१९ संक्रमण भएर सहभागी हुन नपाएका देशभरका कक्षा १२ का ४१ परीक्षार्थीका लागि बोर्डले मंसिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ । 

छुटेका विद्यार्थीले आफ्नै जिल्लाबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।