धरान / मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीहरूले तोडफोड गरेका छन् ।  

क्याम्पसका व्यवस्थापन सङ्कायका विद्यार्थीहरूले परीक्षा आइसक्दा पनि क्याम्पस प्रशासनले कम्प्युटर ल्याबको व्यवस्था नगरेको भन्दै विद्यालय तोडफोड गरेका हुन् । 

OM Sai Pathibhara Hospital

हाल व्यवस्थापन सङ्कायमा ८ वटा मात्रै कम्प्युटर रहेका छन् । विद्यार्थीहरूले पटक–पटक क्याम्पस प्रशासनलाई कम्प्युटर ल्यावको व्यवस्था गर्नका लागि निवेदन दिएका थिए ।

तर, क्याम्पस प्रशासनले सुनुवाइ नगरेको भन्दै बुधबार विद्यार्थीले क्याम्पसको कुर्सी, टेबल र ढोका तोडफोड गरेका हुन् ।

क्याम्पस प्रशासनले मागअनुसार समस्या समाधान नगरिएकाले तोडफोडमा उत्रिनु परेको उनीहरूले बताएका छन् । 

केही महिना अगाडि विद्यार्थीको समूहले आफूहरूको माग पुरा नभएको भन्दै क्याम्पसको प्रमुख प्रवेशद्वारमा समेत तालाबन्दी गरेको थियो । 

प्रशासनले समस्या समाधान गर्ने आश्वासन दिने भएपछि ताला खोलिएको थियो । क्याम्पसमा तीनवटा ल्यावमा १० वटा कम्प्युटर छन् भने विद्यार्थी ८ हजार रहेका छन् ।