झापा  / कक्षा १२ को नतिजा आज (शुक्रबार) प्रकाशित भएको छ । 

गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको हो । 

OM Sai Pathibhara Hospital

परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए । परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआर मार्फत हेर्न सकिन्छ । 

यसका लागि वेबसाइटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ भने, एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । 

यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।