तनहुँ / तनहुँको बन्दीपुर गाउँपालिकाले दुई जनालाई इन्जिनियर पढाउने भएको छ। गाउँपालिकाले आफ्नै लगानीमा गाउँका दुई विपन्न र जेहेनदार विद्यार्थीलाई इन्जिनियर पढाउनको भएको हो । 

गाउँपालिकाले इन्जिनियर पढाउनका लागि आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यसको लागि कार्यविधि बनाउने अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए।

OM Sai Pathibhara Hospital

कार्यपालिकाले छात्रवृत्तिसम्बन्धी कार्यविधि बनाएर खुला सूचना प्रकाशित गर्नेछ। विपन्न लक्षित कार्यक्रम भएकाले सरकारी स्कुलमा अध्ययन गरेका गरिब, दलित, आदिवासी जनजाति समुदायहरूलाई प्राथमिकता दिइने बताइएको छ । 

गाउँपालिका क्षेत्रमा प्राविधिक क्षेत्रमा लाग्ने जनशक्ति कम देखिएकाले प्राविधिक जनशक्ति प्रवर्द्धन गर्नुपर्छ भन्ने हेतुले गाउँपालिकाले सुरुआत गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए।

सरकारी कलेजमा पढ्न पुग्ने गरी बजेट विनियोजन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ।