शिक्षा

    Showing 801-810 of 1,009 items.
  • मङ्गलबारदेखि अनलाइन कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन

    काठमाडौं / त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। आइतबार एक सूचना जारी गर्दै त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले कोरोना संक्रमण बढेकाले हरेक क्याम्पसले अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो। यसका लागि सोमबार (आज) अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्ने सूचनामा उल्लेख छ।अनलाइन कक्षा व्यवस्थित गर्न हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ। साथै, भौतिक उपस्थितमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अ

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 177 पटक पढिएको
  • वैशाखमा एसईई , जेठमा कक्षा १२ को परीक्षा : राष्ट्रिय परीक्षा बोर्ड

    काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने तयारी गरेको छ ।शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन ।उनले भने, ‘अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गर्ने  हामीले निर्णय गरेका छौं । अब चाँडै परीक्षा तालिका सार्वजनिक गर्छौ ।’कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केही समयपछि गर्ने निर्णय बोर्डले गरेको उनले बताए ।

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 180 पटक पढिएको
  • झापा गाउँपालिकाद्वारा २२० जना छात्राहरुलाई साइकल वितरण

    बिर्तामोड / झापा गाउँपालिकाका २२० जना छात्रालाई साइकल वितरण गरेको छ । झापा गाउँपालिकाले छात्रा बिद्यार्थीलाई नियमित विद्यालय जान सजिलो होस् भनेर पालिकामा अध्ययनरत् कक्षा ९ का  छात्रालाई निशुल्क साइकल वितरण गरेको हो ।हरेक वर्ष गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिँदैआएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताएका छन । साइकल पाउनका लागि छात्राहरुले नियमित रुपमा विद्यालय जानुपर्ने नियम बनाइएको छ ।झापा गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गरी झापा गाउँपालिकामा रहेको जनता मा वि, जनकल्याण माबि, डिल्लीराज माबि, कुवाडीदेबि माबि र महेन्द्र माबिमा अध्ययनरत २२० जना छात्राहरुलाई साइकल वितरण

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 181 पटक पढिएको
  • माग मसान्तसम्म पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित

    काठमाडौं  /  पूर्वाञ्चल विश्वविद्यालयले पनि आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरेको छ । आज बसेको परीक्षा निर्देशन समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक मोहन बस्नेतले जानकारी दिएका हुन् । बैठकले माघ मसान्तसम्म हाललाई सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको समेत बस्नेतले बताएका छन् । पीयूले पाँच वर्षे बिएएलएलबीको परीक्षा सञ्चालन गरिरहेको छ ।कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिन थालेपछि विश्वविद्यालयले परीक्षा स्थगित गरेको हो । त्रिभुवन र काठमाडौं विश्वविद्यालयले पनि परीक्षा स्थगित गर्ने निर्णय गरेका छन् ।

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 177 पटक पढिएको
  • दोस्रो पटक भन्सार एजेन्टको परीक्षा स्थगित

    काठमाडौं / भन्सार विभागले दोस्रो पटक भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । विभागले सूचना जारी गर्दै कोभिड –१९ सङ्क्रमणका कारण आगामी माघ २९ गते हुने परीक्षा स्थगित गरेको जनाएको छ । २०७७ साल चैत १६ गते भन्सार एजेन्टको इजाजतपत्रहरूको लागि दरखास्त आवेदन माग गरेको थियो । त्यसपछि २०७८ जेठमा तोकिएको परीक्षा पनि कोरोनाका कारण स्थगित भएको थियो ।

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 217 पटक पढिएको
  • मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा स्थगित

    सुर्खेत / मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ ।कोभिड –१९ को नयाँ भेरियन्टको सङ्क्रमण तिव्र गतिमा फैलिएको भन्दै आजदेखि परीक्षा स्थगन गरिएको परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्दप्रसाद सुवेदीले जानकारी दिए ।  सुवेदीका अनुसार अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको हो । माघ २ गतेदेखि इन्जिनियरिङ संकायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियो । स्थगन गरिएका परीक्षाका कार्यक्रम कम्तीमा सात दिनको सूचना दिई पुनः प्रकाशन गरिने परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 172 पटक पढिएको
  • त्रिविका वार्षिक सबै परीक्षा स्थगित

    काठमाडौं / त्रिभुवन विश्वविद्यालयले वार्षिक र सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ ।  बिहीबार परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै यही माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो ।हाल सञ्चालन भइरहेका अधिकांश परीक्षाहरू सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्वतयारी अवस्थामा रहेको र विश्वव्यापी रुपमा फैलिएको ओमक्रोन भेरियन्टको तीव्र सङ्क्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत संक्रमित भएका कारण त्रिवि केन्द्रीय परीक्ष

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 296 पटक पढिएको
  • शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन गर्न आग्रह

    बिर्तामोड / कोभिड –१९ को सङ्क्रमण बढेसँगै देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय पर्वतमा पनि कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले आग्रह गरेको छ । जिल्लाका अधिकांश क्षेत्रमा विद्यालय खुला गरेर स्वास्थ्य मापदण्ड बिनानै कक्षा सञ्चालन भइरहेपछि कार्यालयले पुनः ध्यानाकर्षण गराएको हो ।कार्यालय प्रमुख उद्धिमराज पौडेलले आइतबार पत्र जारी गर्दै जिल्लाका सबै विद्यालयलाई माघ १५ गतेसम्म विद्यालय बन्द गरेर विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन ध्यानाकर्षण गराएका छन् । आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी पुस २७ गतेदेखि माघ १५ गतेसम्म बिदा दिने उक्त अवध

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 170 पटक पढिएको
  • मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

    हामी मध्ये धेरैजसोले पक्कै पनि मोबाइल फोनलाई सिरानीमा राखेरै सुत्छौं । मोबाइललाई सिरानीमा राखेर सुत्दा के हुन्छ  भन्ने हामी धेरैलाई थाहा नहुन सक्छ ।  एक हप्तासम्म मोबाइललाई सिरानीबाट टाढा राखेर सुत्नुहोस् अनि आफैं हेर्नुहोस्, तपाईँमा कति परिवर्तन आउँछ ।तपाईंले विचार गर्नुभएकै होला, धेरै समय मोबाइलबाट कुरा गरिसकेपछि अलिअलि चक्कर लाग्ने, आलस्य हुने जस्तो भएको । त्यो मोबाइलको रेडिएसनले गर्दा हो । त्यत्ति नै समय हेडफोन प्रयोग गरेर या लाउड स्पिकरमा बोल्नुहोस् र विचार गर्नुहोस्, तपाईंलाई पहिलेको जस्तो हुँदैन । हामी निदाएको बेला पनि दिमाग सक्रिय नै रहन्छ । दिमागमा अत्यन्तै नाजुक सेल्सह

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 178 पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयको पठनपाठन माघ १० सम्म बन्द

    काठमाडौँ / त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिएको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै त्रिविले माघ १० गतेसम्म बिदा दिएको हो । विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे बिदाबाट कट्टा गर्ने गरी अहिले माघ १० गतेसम्म बिदा दिने जनाएको छ ।त्यसैगरी विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गरी हाल चलिरहेको परीक्षा भने यथावत सञ्चालन गर्ने उल्लेख गरेको छ । ‘परीक्षा केन्द्रहरूमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने’ सूचनामा भनिएको छ ।

    • प्रकाशित मितिः माघ १, २०७८
    • 180 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.