सुर्खेत / मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ ।

कोभिड –१९ को नयाँ भेरियन्टको सङ्क्रमण तिव्र गतिमा फैलिएको भन्दै आजदेखि परीक्षा स्थगन गरिएको परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्दप्रसाद सुवेदीले जानकारी दिए ।  

OM Sai Pathibhara Hospital

सुवेदीका अनुसार अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको हो । माघ २ गतेदेखि इन्जिनियरिङ संकायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियो । 

स्थगन गरिएका परीक्षाका कार्यक्रम कम्तीमा सात दिनको सूचना दिई पुनः प्रकाशन गरिने परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ ।