काठमाडौं  /  पूर्वाञ्चल विश्वविद्यालयले पनि आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरेको छ । आज बसेको परीक्षा निर्देशन समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक मोहन बस्नेतले जानकारी दिएका हुन् । 

बैठकले माघ मसान्तसम्म हाललाई सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको समेत बस्नेतले बताएका छन् । पीयूले पाँच वर्षे बिएएलएलबीको परीक्षा सञ्चालन गरिरहेको छ ।

कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिन थालेपछि विश्वविद्यालयले परीक्षा स्थगित गरेको हो । त्रिभुवन र काठमाडौं विश्वविद्यालयले पनि परीक्षा स्थगित गर्ने निर्णय गरेका छन् ।