काठमाडौँ / त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिएको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै त्रिविले माघ १० गतेसम्म बिदा दिएको हो । 

विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे बिदाबाट कट्टा गर्ने गरी अहिले माघ १० गतेसम्म बिदा दिने जनाएको छ ।

OM Sai Pathibhara Hospital

त्यसैगरी विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गरी हाल चलिरहेको परीक्षा भने यथावत सञ्चालन गर्ने उल्लेख गरेको छ ।

 ‘परीक्षा केन्द्रहरूमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने’ सूचनामा भनिएको छ ।