काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने तयारी गरेको छ ।

शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन ।

OM Sai Pathibhara Hospital

उनले भने, ‘अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गर्ने  हामीले निर्णय गरेका छौं । अब चाँडै परीक्षा तालिका सार्वजनिक गर्छौ ।’

कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केही समयपछि गर्ने निर्णय बोर्डले गरेको उनले बताए ।