बिर्तामोड / झापा गाउँपालिकाका २२० जना छात्रालाई साइकल वितरण गरेको छ । झापा गाउँपालिकाले छात्रा बिद्यार्थीलाई नियमित विद्यालय जान सजिलो होस् भनेर पालिकामा अध्ययनरत् कक्षा ९ का  छात्रालाई निशुल्क साइकल वितरण गरेको हो ।

हरेक वर्ष गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिँदैआएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताएका छन । साइकल पाउनका लागि छात्राहरुले नियमित रुपमा विद्यालय जानुपर्ने नियम बनाइएको छ ।

OM Sai Pathibhara Hospital

झापा गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गरी झापा गाउँपालिकामा रहेको जनता मा वि, जनकल्याण माबि, डिल्लीराज माबि, कुवाडीदेबि माबि र महेन्द्र माबिमा अध्ययनरत २२० जना छात्राहरुलाई साइकल वितरण गरेको हो ।