हामी मध्ये धेरैजसोले पक्कै पनि मोबाइल फोनलाई सिरानीमा राखेरै सुत्छौं । मोबाइललाई सिरानीमा राखेर सुत्दा के हुन्छ  भन्ने हामी धेरैलाई थाहा नहुन सक्छ ।  एक हप्तासम्म मोबाइललाई सिरानीबाट टाढा राखेर सुत्नुहोस् अनि आफैं हेर्नुहोस्, तपाईँमा कति परिवर्तन आउँछ ।

तपाईंले विचार गर्नुभएकै होला, धेरै समय मोबाइलबाट कुरा गरिसकेपछि अलिअलि चक्कर लाग्ने, आलस्य हुने जस्तो भएको । त्यो मोबाइलको रेडिएसनले गर्दा हो । त्यत्ति नै समय हेडफोन प्रयोग गरेर या लाउड स्पिकरमा बोल्नुहोस् र विचार गर्नुहोस्, तपाईंलाई पहिलेको जस्तो हुँदैन । 

OM Sai Pathibhara Hospital

हामी निदाएको बेला पनि दिमाग सक्रिय नै रहन्छ । दिमागमा अत्यन्तै नाजुक सेल्सहरू हुन्छन् । अन भएको मोबाइल फोन हाम्रो टाउको नजिक धेरै समय रह्यो भने त्यसको रेडिएसनले दिमागमा खलबली मच्चादिन्छ । त्यसले दिमागका सेल्सहरू निष्क्रिय पारिदिन्छ । जसले गर्दा सानासाना कुरा पनि याद नहुने, भर्खरै भनेको कुरा पनि बिर्सने, झनक्क रिस उठ्ने आदि जस्ता कुराहरू हामीमा विकसित हुन थाल्छन् । यी कुराहरू बढ्दै गएर अन्तिममा मानसिक सन्तुलन बिग्रने, ब्रेन ह्याब्रेज हुने जस्ता खतरनाक रोग पनि निम्तिन सक्छन् । 

त्यस्तै, हामीले चलाउने मोबाइल फोनको ब्याट्री धेरै नटिक्ने झन्झट सबैले बेहोरेकै कुरा हो । मोबाइल चार्ज गर्दा यस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
कुनै पनि मोबाइललाई सधैँ फुल चार्ज गर्नु हुँदैन र, कम्तीमा २० प्रतिशतभन्दा कम पनि हुन दिनुहुँदैन । महिनामा एकपटक ब्याट्री जिरो बनाएर फुल चार्ज गरेमा ब्याट्रीको लाइफ पनि बढ्छ र फोनको काम गर्ने क्षमतामा वृद्धि हुन्छ । राति मोबाइल चार्जरमा जोडेर छोड्ने बानी छ भने पनि त्यो गर्न बन्द गर्नुपर्छ । त्यसो गर्दा बिजुलीको गडबडीले मोबाइल पड्किन सक्छ । मोबाइल चार्जमा जोडेर कहिल्यै चलाउनु हुँदैन । यसो हुँदा कहिलेकाहीँ मोबाइलमा धेरै प्रेसर पर्छ र हातैमा ब्लास्ट हुन सक्छ । पावर बैंक, डुप्लिकेट चार्जर वा अन्य फोनका चार्जर जोड्नु हुँदैन । 

त्यसैले आजैदेखि मोबाइल फोन प्रयोग गर्दा यस्ता कुराहरूमा ध्यान दिऔँ। आफ्नो परिवार, साथीभाइ सबैलाई जानकारी दिनुहोस् । ताकि हाम्रो समाजमा मोबाइलको रेडियसनबाट बच्न केही योगदान पुगोस् । अब जानौँ मोबाइलका बारेमा केही रोचक तथ्य, 
–     विश्वभर सय जनामा ८० जनाले मोबाइल फोन प्रयोग गर्छन् । 
–     सन् १९७३ मा सबैभन्दा पहिलो मोबाइल फोन बनाइएको थियो । जुन मोटोरोला कम्पनीको थियो । 
–     नोकिया ११०० फोन अहिलेसम्मको सबैभन्दा २५० मिलियन प्रतिभन्दा बढी बिक्री भएको फोन हो । 
– मलेसियामा मोबाइलबाट टेक्स्ट म्यासेज गरेर डिभोर्स दिन सकिन्छ । जुन कानुनी रूपमा मान्य छ ।  
– फिनल्यान्डमा मोबाइल फोन फ्याँक्ने खेल आधिकारिक रूपमा खेलिन्छ । 
–     ट्वाइलेटको ह्यान्डलभन्दा मोबाइल फोनमा १८ गुणा ज्यादा ब्याक्टेरिया हुन्छन् । 
–     मोबाइल फोन प्रयोग गर्ने व्यक्तिले औसतमा प्रतिदिन सय पटकभन्दा बढी मोबाइल लक–अनलक  गर्छन् । 
–     ब्रिटेनमा प्रतिवर्ष १ लाखभन्दा बढी मोबाइल फोन 
ट्वाइलेटमा झर्छन् । 
–     मोटोरोला कम्पनीका एक कर्मचारी मार्टिन कपुरले ३ अप्रिल १९७३ मा पहिलोपल्ट मोबाइलमा फोन गरेका थिए । 
– मोबाइलबाट पहिलो म्यासेज नील पोप्वार्थले पठाएका थिए । जसमा लेखिएको थियो ‘म्यारी क्रिसमस’।