शिक्षा

    Showing 711-720 of 1,009 items.
  • कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    झापा / सर्लाहीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा हरिवन नगरपालिका ११ बस्ने ३८ वर्षीय गुरुप्रसाद ढुंगेल रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।ना ३३ प २२९५ नम्बरको मोटरसाइकलमा सवार ढुङ्गेललाई हरिवन नगरपालिका -१० स्थित नयाँ रोडमा बा ७ च ९२२२ नम्बरको कारले ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते भएका उनको हरिवनमै प्राथमिक उपचारपछि वीरगञ्ज पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 305 पटक पढिएको
  • १३ सामुदायिक विद्यालय कालोसूचीमा

    वीरगञ्ज / पर्साको वीरगञ्ज महानगरपालिका भित्रका १३ वटा सामुदायिक विद्यालय कालोसूचीमा परेका छन् । पटक–पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आइइएमआइएस) अद्यावधिक गर्न अटेर गरेपछि महानगरपालिकाले विद्यालयहरुलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने विद्यालयमा त्रिजुद्ध माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय, विश्वहिन्दू संस्कृति आधारभूत विद्यालय, सिन्दुरियामाई आधारभूत विद्यालय, मकतव इनर्वा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय रहेका छन् ।त्यस्तै नेपाल राष्ट्रिय आधारभूत विद्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामजानकी आधार

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 300 पटक पढिएको
  • एसइईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते, कसकसले दिन पाउँछन् परीक्षा ?

    बिर्तामोड  / माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । सी वा सो भन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई लक्षित गर्दै बोर्डले ग्रेड वृद्धि परीक्षा लिन लागेको हो । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरूले बढीमा दुई विषयमा मात्र ग्रेडवृद्धि परीक्षामा दिन पाउनेछन् । परीक्षामा सहभागी हुने परीक्षार्थीहरूले आवेदन फाराम भरी भदौ ५ गते सम्म शिक्षा विकास तथा समन्वय इकाइमा पेश गर्नुपर्नेछ ।परीक्षा बिहान ८ बजे देखि ११ बजे सम्म हुनेछ ।राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख महिनामा लिइएको कक्षा

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 225 पटक पढिएको
  • ३० औं पटकमा एसईई पास भए चौधरी

    काठमाडौँ / कैलालीका एक व्यक्ति ३० औं पटकमा एसईई पास भएका छन् । कैलारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कार्यालय सहयोगीमा कार्यरत ५३ वर्षीय भागीराम चौधरी सोही विद्यालयबाट यसवर्ष एसईई पास भएका हुन ।उनले २.०० जीपीए ल्याएर एसईई पास गरेको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिए । ‘अथक मिहिनेत र धैर्यता गरेमा सफल भइन्छ भन्ने उहाँ एक उदाहरण बन्नु भएको छ’, शिक्षक शर्माले भने  ‘चौधरीले अब क्याम्पस पढ्न पाउनु हुनेछ ।’ कैलारी गाउँपालिका –६ बनकट्टाका चौधरीले २०४८ सालमा पहिलो पटक दीपेन्द्र मावि हसुलियाबाट एसएलसी दिएका थिए । अघिल्लो दुई वर्ष कोरोना महामारीको क्रममा भने उनले एसईईका लाग

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 274 पटक पढिएको
  • दाजुको नाममा परीक्षा दिने भाइ पक्राउ

    झापा / रौतहटको चन्द्रपुर नगरपालिका- ६ स्थित जनज्योति बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको विविएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ  पर्नेमा राजदेवी नगरपालिका- १ बस्ने २० वर्षीय राजन तिवारी रहेका छन् । उक्त क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 190 पटक पढिएको
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

    बिर्तामोड / माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । बुधबार राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको हो ।२ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए।शैक्षिक सत्र २०७६ /२०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् । बोर्डले यस पटक एसईईमा ‘ई’ ग्रेड ल्याउने विद्यार्थीलाई पनि प्रमाणपत्र दिने व्यवस्था गरेको छ ।&

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 243 पटक पढिएको
  • बोर्डले यस वर्ष एसईईमा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने

    बिर्तामोड / राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘ई’ ग्रेड ल्याउने विद्यार्थीलाई पनि प्रमाणपत्र दिने व्यवस्था गरेको छ । बोर्डले एसईईमा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको हो । लेटर ग्रेडिङ निर्देशिका २०७८ मा विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरिएको थियो । तर यस बर्षको एसईई परीक्षाको नतिजामा भने उक्त निर्देशिका लागू नगर्ने निर्णय गरेको हो ।कोरोनाको दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएकाले निर्देशिका लागू ग

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 225 पटक पढिएको
  • एसईईको नतिजा साउन १० गते सार्वजनिक गर्ने बोर्डको तयारी

    काठमाडौँ/ राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्र रुपमा भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । उनले नतिजामा प्राविधिक रुपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिरहेको बताए।उनले सबै विवरण रुजु गरेर अन्तिम पटक पुनः जाँच गरेपछि आउँदो साताको सुरुमै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको बताए। स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उनको भनाइ छ।कोरोनाका कारण दुई वर्

    • प्रकाशित मितिः साउन ६, २०७९
    • 186 पटक पढिएको
  • त्रिविमा तत्काल सेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्न माग

    काठमाडौँ / नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकहरूलाई करार गर्ने षड्यन्त्र बन्द गरी तत्काल सेवा आयोग मार्फत दरबन्दी पूर्ति गर्न माग गरेको छ ।बुधबार विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समितिका इन्चार्ज गोविन्द विष्टले नेपालको सबैभन्दा ठुलो र पहिलो त्रिभुवन विश्वविद्यालय पछिल्लो समय राजनीतिक भागबन्डाको अखडा बनेको भन्दै तत्काल सेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्न माग गरेका हुन् ।अखिल क्रान्तिकारीले राजनीतिक पहुँचका आधारमा भर्ती गरिएका आंशिक प्राध्यापकहरूलाई करार गर्ने त्रिभुवन विश्वविद्यालयको अनैतिक प्रपञ्चप्रति गम्भिर ध्यानाकर्ष

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 203 पटक पढिएको
  • चिट लुकाएको भन्दै छात्राहरूमाथि ‘दुर्व्यवहार’ गर्ने २ कार्यालय सहयोगी निलम्बित

    हेटौँडा / मकवानपुरको हेटौँडा उपमहानगरपालिका –४ स्थित हेटौँडा क्याम्पसमा परीक्षा दिन पुगेका दुई छात्रालाई चिट लुकाएको भन्दै दुर्व्यवहार गरेको आरोप लागेका कार्यालय सहयोगीलाई निलम्बन गरिएको छ । क्याम्पस प्रशासनले सर्वपक्षीय बैठक राखेर दुईजना कार्यालय सहयोगीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।मकवानपुरमा क्रियाशील विद्यार्थी सङ्गठनका प्रतिनिधि, अभिभावक तथा क्याम्पस प्रमुख रहेको सर्वपक्षीय बैठकले दुई कर्मचारीलाई अब कुनैपनि परीक्षा सञ्चालनमा सहभागी हुन नपाउने गरी निलम्बन गर्ने सहमति गरेको हो ।बैठकले चार बुँदे सहमतिसहित ३ दिनभित्र प्रतिवेदन पेस गर्नेगरी छानबिन समिति पनि बनाएको छ । हेटौँडा क्याम्पसमा सह

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 229 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.