झापा / रौतहटको चन्द्रपुर नगरपालिका- ६ स्थित जनज्योति बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको विविएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ  पर्नेमा राजदेवी नगरपालिका- १ बस्ने २० वर्षीय राजन तिवारी रहेका छन् । उक्त क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

OM Sai Pathibhara Hospital