झापा / सर्लाहीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिवन नगरपालिका ११ बस्ने ३८ वर्षीय गुरुप्रसाद ढुंगेल रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।
ना ३३ प २२९५ नम्बरको मोटरसाइकलमा सवार ढुङ्गेललाई हरिवन नगरपालिका -१० स्थित नयाँ रोडमा बा ७ च ९२२२ नम्बरको कारले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको हरिवनमै प्राथमिक उपचारपछि वीरगञ्ज पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।