वीरगञ्ज / पर्साको वीरगञ्ज महानगरपालिका भित्रका १३ वटा सामुदायिक विद्यालय कालोसूचीमा परेका छन् । 

पटक–पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आइइएमआइएस) अद्यावधिक गर्न अटेर गरेपछि महानगरपालिकाले विद्यालयहरुलाई कालोसूचीमा राखेको हो । 

OM Sai Pathibhara Hospital

कालोसूचीमा पर्ने विद्यालयमा त्रिजुद्ध माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय, विश्वहिन्दू संस्कृति आधारभूत विद्यालय, सिन्दुरियामाई आधारभूत विद्यालय, मकतव इनर्वा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय रहेका छन् ।

त्यस्तै नेपाल राष्ट्रिय आधारभूत विद्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामजानकी आधारभूत विद्यालय, मदर्सा इस्लामिया आधारभूत विद्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, नेपाल रेडक्रस आधारभूत विद्यालय र आदर्श बालविकास आधारभूत विद्यालय रहेका छन् ।

कालोसूचीमा परेका विद्यालय अहिले प्राप्त कुनै पनि सुविधा, निकासा तथा अनुदानबाट बञ्चित हुने महानगरले जनाएको छ ।  प्रधानाध्यापकका कारण नै यस्तो अवस्था आएको भन्दै विद्यालयले प्राप्त गरिरहेको सुविधा कटौती भए स्वयं विद्यालय नै जिम्मेवार हुने बताइएको छ ।