बिर्तामोड / माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । बुधबार राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको हो ।

२ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए।

OM Sai Pathibhara Hospital

शैक्षिक सत्र २०७६ /२०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।

सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् । बोर्डले यस पटक एसईईमा ‘ई’ ग्रेड ल्याउने विद्यार्थीलाई पनि प्रमाणपत्र दिने व्यवस्था गरेको छ । 

बोर्डले एसईईमा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको हो । अब एसईईमा ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले पनि कक्षा ११ मा पढ्न पाउने छन् ।

यसरी हेर्न सकिन्छ नतिजा

नतिजा थाहा पाउन मोबाइलको मेसेज बक्समा गई आफ्नो सिम्बोल नम्बर टाइप गरेर एउटा स्पेस दिई ३५००१ मा एसएमएस पठाउनुपर्ने हुन्छ ।

त्यस्तै www.see.gov.np, www.neb.gov.np, www.khalti.com, www.neemaacademy.com,  www.ekantipur.com, www.theconnectplus.com, www.see.edusanjal.comwww.see.ntc.net.np र  www.admissionnepal.com लगअन गरी हेर्न सकिने छ ।

यस्तै Result लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर राखी ३५००१ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।